सामाजिक फीड-
जनकपुरधाम, चैत २ गते ।
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।
जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।