सामाजिक फीड-
जनकपुरधाम, चैत १ गते ।
धेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह नियुक्त भएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा. साहलाई उपकुलपति नियुक्त गरेका हुन् ।
उपकुलपति नियुक्त भएका डा. साह प्रतिष्ठानका निमित उपकुलपति तथा शिक्षाध्यक्ष समेत हुन् ।
२५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपति बिहीन थियो । जसको कारणले प्रतिष्ठानको कामकाज प्रभावित हुँदै आएको थियो ।
गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयले उपकुलपतिका लागि डा. साहको नाम एक नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको थियो ।