मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रा, प्रचण्डले लगाउन् ब्रेक ?

बिशाल बस्नेत-२५ भदौ, महोत्तरी । मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन् । यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छन् भन्ने आम चासो बनेको छ । नेता र […]
अस्ट्रेलियाका लागि चित्रलेखा यादव राजदूत सिफारिस

सामाजिक फीडजनकपुरधाम, भदौ २४ गते । सरकारले अस्ट्रेलियाका लागि चित्रलेखा यादवलाई राजदूतको रूपमा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली कांग्रेसकी यादवलाई राजदूतको रूपमा सिफारिस गरेको हो । यादव यसअघि पुनर्स्थापित प्रतिनिधि सभाकी उपसभामुख, कांग्रेसकी पूर्वकोषाध्यक्ष, शिक्षा मन्त्री, र पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी छिन्। गत साउन १४ गते […]
सिरहामा २९० किलो गाँजासहित एकजना प्रहरीको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । सिरहाको कर्जन्हा नगरपालिकाबाट २९० किलो अवैध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका वडा नं. ११ का ३७ वर्षीय प्रदीप मुखिया रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार वडा नं. ११ बस्ने शोभा कुमारी साहको घर पछाडि गाँजा लुकाइ छिपाइ राखिएको […]
एकतर्फ बाटो नहुँदा महोत्तरीमा जिविसबाट बनेको पुल ७ वर्षदेखि प्रयोगबिहीन

सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । महोत्तरीको भंगहा नगरपालिका ५ र ४ को बीचमा रहेको बडहडी खोलामा ७ वर्षअघि बनाइएको पुल हालसम्म अलपत्र परेको छ । पुलको पूर्वतिर सडक नहुँदा ७ वर्षदेखि सर्वसाधारणले पुल प्रयोग गर्न सकेका छैनन् । वर्षामा बाढी आएपछि आवतजावत ठप्प भएर स्थानीयहरूलाई कष्टको सामना गर्नु परेको स्थानीय समिर मन्सुर गुनासो पोख्छन् […]
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको हुने

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिटको व्यवस्था प्राप्त गरेको छ। यसका साथ मधेश प्रदेशमा सरकारी तहमा पहिलोपटक चिकित्साशास्त्रको उच्च शिक्षा सुरु हुन लागेको छ। प्राप्त ५० सिटमध्ये ७५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ, जसले गर्दा मधेश प्रदेशका बहुसंख्यक विद्यार्थीहरूलाई यो अवसर प्राप्त हुने अपेक्षा […]
मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, भदौ २१ गते। आज तराई मधेश क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइँदै छ । यो पर्वमा व्रतालु दिनभरि उपवास बसेर साँझपख भगवान गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ।भदौ शुक्ल चतुर्थीको दिन चन्द्रमाको पूजा गर्दा विभिन्न कलंकबाट मुक्ति पाइने धार्मिक विश्वास छ। छठपछि मधेशको दोस्रो ठूलो पर्व रुपमा मनाइने चौरचनमा साँझको समयमा […]
बर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली भएको भन्दै अख्तियारमा उजुरी

बिशाल बस्नेत- महोत्तरी, भदौ २० गते । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र ट्र्याकमा करोडौ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानिय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानिय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका हुन । निर्माणस्थलमा झण्डै ९ […]
संयुक्त मधेश संघर्ष समितिले जनकपुरमा खबरदारी सभा गर्ने

सामाजिक फीड- जनकपुरधाम, भदौ २० गते । संयुक्त मधेश संघर्ष समितिले २०८१ भाद्र ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने निर्णय गरेको छ । भाद्र १८ गते मंगलवार सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा तराई-मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेश चन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, मधेश राष्ट्रिय मुक्ति […]
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु

सामाजिक फीड जनकपुरधाम, भदौ १९ गते। धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ मा रहेको पोखरीमा डुबेर तीन बालकको ज्यान गएको छ। आज साँझ पोखरीमा डुबेका बालकहरूमा अन्दाजी १० वर्षीय आदित्य कुमार साह, ८ वर्षीय आयुस साह, र १४ वर्षीय सुशान्त साह रहेका छन्। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहका अनुसार, बालकहरू आफ्नो हजुरबुबा महावीर […]
सिडिओ कार्यालय धनुषाबाट आशादेवीले एक वर्षपछि पाइन् नागरिकता प्रतिलिपी

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते धनुषा जिल्ला, टेश्वर गाउँपालिका-१ की ५१ वर्षीया आशादेवी मण्डलले एक वर्षपछि अन्ततः आफ्नो नागरिकता प्रतिलिपि पाउन सफल भएकी छिन्। जिल्ला प्रशासन कार्यालय धनुषामा आज पुनः वडा सिफारिस र अनुसूचीसहितको निवेदन पेश गरेपछि केही बेरमै जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्रतिलिपी पाएकी हुन् । आशादेवी र उनका श्रीमान रामदेव मण्डलले नागरिकता […]