Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, भदौ २३ गते ।

सिरहाको कर्जन्हा नगरपालिकाबाट २९० किलो अवैध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका वडा नं. ११ का ३७ वर्षीय प्रदीप मुखिया रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार वडा नं. ११ बस्ने शोभा कुमारी साहको घर पछाडि गाँजा लुकाइ छिपाइ राखिएको सूचना प्राप्त भएपछि प्रहरी टोलीले आज दिउँसो छापा मारेको हो । प्रहरीले प्लास्टिकका १९ वटा पोकामा राखिएका २९० किलोग्राम गाँजा बरामद गरेको डिएसपी सापकोटाले जानकारी दिए ।

पक्राउ परेका मुखियालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *