Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, भदौ १९ गते

धनुषा जिल्ला, टेश्वर गाउँपालिका-१ की ५१ वर्षीया आशादेवी मण्डलले एक वर्षपछि अन्ततः आफ्नो नागरिकता प्रतिलिपि पाउन सफल भएकी छिन्। जिल्ला प्रशासन कार्यालय धनुषामा आज पुनः वडा सिफारिस र अनुसूचीसहितको निवेदन पेश गरेपछि केही बेरमै जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्रतिलिपी पाएकी हुन् ।

आशादेवी र उनका श्रीमान रामदेव मण्डलले नागरिकता प्राप्त गरेपछि आफ्नो खुसी व्यक्त गर्दै भने, “एक वर्षदेखि लगातार कागजातहरू पेश गरेर दौडधुप गर्दा हामी निकै पीडित भएका थियौं। तर, आज कागजात पेश गरेको केही छिनमै नागरिकता पाउँदा निकै खुसी लागेको छ।”

२०८० साल असोज महिनामा आशादेवीले नागरिकता प्रतिलिपिको लागि आवश्यक कागजातहरू पेश गरेकी थिइन्। तर, एक वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त हुन सकेको थिएन। कार्यालयको लापरवाहीका कारण फाइल हराएको भन्दै आशादेवीलाई पुनः वडा सिफारिस र अनुसूचीसहित निवेदन पेश गर्नुपर्ने बाध्य भए ।

समाचार सार्वजनिक भएपछि यो घटना मंगलबार प्रतिनिधि सभामा समेत उठेको थियो। रास्वपाका सांसद मनिष झाले आशादेवीको एक वर्षमा पनि नागरिकता प्रतिलिपि नबनेको विषयमा प्रश्न उठाएपछि यो मुद्दा थप चर्चामा आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *