सामाजिक फीड
जनकपुरधाम, भदौ १९ गते।
धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ मा रहेको पोखरीमा डुबेर तीन बालकको ज्यान गएको छ। आज साँझ पोखरीमा डुबेका बालकहरूमा अन्दाजी १० वर्षीय आदित्य कुमार साह, ८ वर्षीय आयुस साह, र १४ वर्षीय सुशान्त साह रहेका छन्।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहका अनुसार, बालकहरू आफ्नो हजुरबुबा महावीर साहको घरमा भोज खान आएका थिए। महावीर साहको घरमा वर्षीको भोजको आयोजना भइरहेको बेला परिवारका सबै सदस्यहरू भोजमा व्यस्त हुँदा बालकहरू पोखरीमा खेल्न गएर डुबेका थिए।
प्रहरीका अनुसार, डुब्ने बालकहरू महावीर साहका तीन छोरीका जेठा छोराहरू छन् । घटना साँझ साढे ७ बजेतिरको हो। तीनैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।