सिरहामा ट्याक्टरले किचिएर एक युवकको ज्यान गयो

रासस-सिरहा, माघ १६ गते । ट्र्याक्टरमा सवार एक युवक खस्दा सोही ट्र्याक्टरले किची एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई–१० धनगढीचोकमा स१त ३८४४ नम्बरको ट्र्याक्टरमा कर्जन्हा नगरपालिका–६ का २५ वर्षीय सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासमानका अनुसार […]
बारा प्रहरीको हिरासतबाट फरार थुनुवा पक्राउ

जनकपुरधाम, माघ १३ गते । बारा प्रहरीको हिरासतबाट फरार थुनुवा पक्राउ परेका छन् । बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार थुनुवा सिमरा– २ निवासी महेश चौधरी पक्राउ परेका हुन् । उनलाई बारा सिमराको डुमरवाना भन्ने ठाउँबाट साँझ पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । अभद्र व्यवहार मुद्दामा माघ ९ गते […]
मधेश प्रदेशमा पाँचवटा कामकाजी भाषा राख्न प्रस्ताव

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । मधेश प्रदेश सभामा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को प्रस्ताव सदनमा पेश भएको छ । शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले बुधबार सदनमा प्रस्ताव गरेको उक्त विधेयकमा सरकारी कामकाजीको भाषामा नेपाली अतिरिक्त पाँचवटा भाषा प्रस्ताव गरिएको हो । प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएको […]
टर्कीको एक होटलमा आगलागी हुँदा ६६ जनाको मृत्यु

एजेन्सी, माघ ९ गते । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ। स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा […]
सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ ८ गते ।सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार सोमबार राति साढे ८ बजेको समयमा गोलबजार नगरपालिका–११ बल्कबास्थित मैनाबत्ती खोलामा लागेको भब्री मेलामा […]
मधेशका स्वास्थ्यमन्त्री चढेको गाडी जनकपुरमा दुर्घटना, मन्त्रीसहित तीन घाइते

सामाजिक फीड जनकपुरधाम, माघ ७ गते। मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी सोमबार बेलुकी दुर्घटनामा परेको छ। जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडीलाई खानेपानी डिभिजन कार्यालय पर्साको मधेश प्रदेश ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको हो। धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार, पिरारी […]
मधेश सरकार र मधेश केन्द्रीत दल आज बलिदानी दिवस मनाउँदै

सामाजिक फीड-जनकपुरधाम, माघ ५ गते । प्रथम मधेश आन्दोलनको आज १८ वर्ष पूरा भएको छ । यस अवसरमा मधेश केन्द्रीत दल र मधेश सरकारले आज विविध कार्यक्रमहरूसहित बलिदानी दिवस मनाउँदैछन् । सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको सहादत भएको दिनलाई सम्झना गर्दै यो दिवस मनाइने गरिएको छ। माघ ५, २०६३ मा सिरहाको […]

जनकपुर आउदै गरेको हाइस दुर्घटना: एकको मृत्यु, १२ घाइते सामाजिक फीडजनकपुरधाम, माघ ४ गते । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको हाइस सिन्धुलीको सुनकोशी गाउँपालिका-६ कानढुंग्रेमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बा ३ ख ८४४५ नम्बरको माइक्रोबस बिहीबार साँझ दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ताको […]
इजरायल र हमास युद्धविराम गर्न सहमत, १५ महिनामा ४६ हजारको मृत्यु

एजेन्सी-जनकपुरधाम, माघ ३ गते । इजरायल र हमास १५ महिनाको लामो युद्धको अन्त्य गर्न सहमत भएका छन्। दुवै पक्षबीच ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि लागू हुनेछ। यस युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकलाई रिहा गरिनेछ भने त्यसको प्रतिकार्यस्वरूप इजरायलले प्यालेस्टिनी बन्धकलाई मुक्त गर्नेछ। साथै, इजरायली सेना युद्धक्षेत्रबाट फिर्ता हुनेछ । युद्धविरामलाई प्रभावकारी बनाउन वार्ता […]
सर्लाहीमा अपहरण गरिएका १५ वर्षीय भारतीय बालकको उद्दार, तीनजना पक्राउ

सामाजिक फीड– जनकपुरधाम, पुस २९ गते । सर्लाही प्रहरीले अपहरणमा परेका भारतका १५ वर्षीय बालकलाई सकुशल उद्धार गरेको छ। बालकलाई ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट उद्धार गरिएको हो। यस घटनामा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ब्रम्हपुरी गाउँपालिका–४ का ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान, र भारतको बिहार राज्य, […]