सामाजिक फीड
जनकपुरधाम, माघ ७ गते।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी सोमबार बेलुकी दुर्घटनामा परेको छ। जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडीलाई खानेपानी डिभिजन कार्यालय पर्साको मधेश प्रदेश ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको हो।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार, पिरारी चोकबाट रामानन्द चोकस्थित निवासतर्फ गइरहेको मन्त्रीको गाडीलाई सोही दिशामा चलिरहेको खानेपानी कार्यालयको गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा मन्त्री सिंहसहित दुवै गाडीका चालक घाइते भएका छन्। घाइतेहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
तस्वीर :पत्रकार घनश्याम मिश्र
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।