स्रोत नखुलेको ७ लाख ५८ हजार रुपैयाँसहित एक भारतीय युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते। सर्लाही प्रहरीले स्रोत नखुलेको साढे ७ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको सितामाढी जिल्लाका बिसनपुर १५ निवासी २२ वर्षीय चन्दन कुमार महतो रहेका छन् । उनलाई मंगलबार दिउँसो सर्लाहीको मलंगवा नगरपालिका–८ क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरः बी.आर.३० एबी ९१८३ को […]
योजना टुक्र्याउन नमानेपछि मधशको उर्जा मन्त्रालयका सचिव कानुन विपरीत हटाइयो

सामाजिक फीड– जनकपुरधाम, फागुन १२ गते । मधेश सरकारले उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अंसारीलाई कानुन विपरीत पदबाट हटाएको छ । फागुन १ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री कार्यालयमा तान्ने निर्णय गरेको हो। नेपाल सरकारको मन्त्रिपरिषद्ले तोकेको मन्त्रालयमा कार्यरत सचिवलाई मधेश सरकारले मन्त्रिपरिषद्कै निर्णयबाट हटाएको यो पहिलो घटना […]
सिरहाकी रिंकु सदा मृत्यु प्रकरणमा चारजना पक्राउ

सामाजिक फीड- जनकपुरधाम, फागुन ११ गते । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा मृत्यु प्रकरणमा चारजना पक्राउ परेका छन् । छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाका अनुसार चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । उनका अनुसार नियन्त्रणमा लिइएकाहरू पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत छन् । अवस्था हेरेर छाड्ने सकिने […]
कुम्भबाट फर्किरहेका स्कार्पियो दुर्घटना, चार नेपालीको मृत्यु, ६ गम्भीर

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा शुक्रबार भएको सवारी दुर्घटनामा परी सप्तरीको कञ्चनरुप नगरपालिकाका चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। प्राप्त जानकारीअनुसार प्रयागराज (कुम्भ) स्नान गरेर फर्किने क्रममा विपरीत दिशाबाट आइरहेको ट्र्याक्टर र स्कार्पियो एकआपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु […]
जनकपुरको सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु, लापरबाहीले मृत्यु भएको आरोप

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । जनकपुरधामस्थित एक सुधार केन्द्रमा २० वर्षीय युवकको शंकास्पद मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१०, डुमरियाका राजकुमार यादवको बुधबार साँझ निधन भएको हो। राजकुमार यादव पछिल्लो दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगाशिवपुरस्थित किशोर फाउन्डेशन सुधार केन्द्रमा बस्दै आएका थिए। सुधार केन्द्रका व्यवस्थापक सञ्जीव शर्माका अनुसार राजकुमारलाई बुधबार बिहान घाँटीमा […]
सिरहाकी रिंकु मृत्यु प्रकरणमा ८ जनाविरुद्ध पूरक जाहेरी

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको शंकास्पद मृत्यु प्रकरणमा ८ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरिएको छ। पीडित परिवारले सामूहिक बलात्कार र रहस्यमय मृत्यु घटनामा संलग्नलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दा दर्ता गराएका छन्। जाहेरीमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक, र लेनदेन […]
वीरगन्जका दुई क्यासिनोको मुख्यमन्त्री सिंहले गरे छड्के अनुगमन, एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगन्जस्थित लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनोको अनुगमन गरेका छन्। नेपाली नागरिकहरू क्यासिनोमा जुवा खेली आर्थिक, सामाजिक र मनोवैज्ञानिक सङ्कटमा परिरहेको जानकारी पाएपछि मुख्यमन्त्री सिंहले बुधबार यी क्यासिनोहरूको निरीक्षण गरेका हुन्। पछिल्लो पटक एक नेपाली नागरिकले ४० लाख रुपैयाँ गुमाएको खबर आएपछि […]
मुस्कान अस्पतालको लापरवाहीले वविता ३४ दिनसम्म बेहोस, उपचारमा सहयोग गर्न श्रीमानको गुहार

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । जनकपुरधाम–१४ पिडारीचोकस्थित दर्ताविहीन मुस्कान अस्पतालमा गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गराइएकी २५ वर्षीय वविता कुमारी यादव अझै बेहोस छिन् । हाल माघ ३० गतेदेखि उनको उपचार काठमाडौंको मेडिसिटी अस्पतालमा भइरहेको छ । चिकित्सकहरूले थोरै सुधार आएको बताएपनि वविता अझै होसमा आउन नसकेको श्रीमान् अंगेश कुमार यादवले बताए ।सर्लाहीको […]
सिरहाकी रिंकु मृत्यु प्रकरण : प्रहरीद्वारा छानविन समिति गठन, पञ्चायत गर्नेहरु फरार

सामाजिक फीड-जनकपुरधाम, फागुन ६ गते । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको मृत्युकापछि पञ्चायती गर्नेहरु फरार भएका छन् । सामूहिक बलात्कार भएको र पञ्चयत बसेर घटना मिलाउने प्रयास भएपछि रिंकुको माघ ३० गते शंकास्पद मृत्यु भएको थियो । घरमा झुण्डिएको अवस्थामा रिंकु मृत फेला परेकी थिइन् । घटना सार्वजनिक भएपछि […]
भारतमा २५ वर्ष बन्धक बनेर फर्केका चलितरलाई सिडिओले वडा कार्यालयमै दिए नागरिकता

सामाजिक फीड-जनकपुरधाम, फागुन ६ गते । भारतको पञ्जाबमा २५ वर्षसम्म बन्धक जीवन बिताएपछि स्वदेश फर्किएका चलितर महतोले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाको टोलीले बटेश्वर गाउँपालिका वडा नं. १ को कार्यालयमै पुगेर उनलाई नागरिकता प्रदान गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले चलितरलाई नागरिकता हस्तान्तरण गरेका । नागरिकता पाएपछि चलितर […]