Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, फागुन ११ गते ।

सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा मृत्यु प्रकरणमा चारजना पक्राउ परेका छन् ।

छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाका अनुसार चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । उनका अनुसार नियन्त्रणमा लिइएकाहरू पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत छन् ।

अवस्था हेरेर छाड्ने सकिने तथा मतियारमा मुद्दा चलाउन समेत सकिने उनले बताए ।

‘अहिले सोधपुछका लागि चारजनालाई नियन्त्रणमा लिएका छौं । उनीहरूमाथि अनुसन्धान हुँदैछ । अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने निर्णय हुन्छ,’ उनले भने ।

गत फागुन ८ गते चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी परेको थियो ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा ८ जनाविरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी दिएका थिए ।

सामूहिक बलात्कारमा संलग्न तीन जना र गाउँमै मिलाउन खोज्ने ५ जना जना छन् ।

गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको थियो ।

सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । जसमा पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *