सामाजिक फीड-
जनकपुरधाम, फागुन १० गते ।
भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा शुक्रबार भएको सवारी दुर्घटनामा परी सप्तरीको कञ्चनरुप नगरपालिकाका चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार प्रयागराज (कुम्भ) स्नान गरेर फर्किने क्रममा विपरीत दिशाबाट आइरहेको ट्र्याक्टर र स्कार्पियो एकआपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरूमा कञ्चनरुप नगरपालिका–७ का शिक्षक उपेन्द्र नारायण चौधरीकी श्रीमती लिलादेवी चौधरी, कञ्चनरुप–७ कै पर्शुराम चौधरी र कञ्चनरुप–५, पिपरा पूर्वका जितु यादवकी श्रीमती हरिहरदेवी यादव छन् ।
यस्तै सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादव छन् ।
दुर्घटनामा शिक्षक उपेन्द्र चौधरी, जितु यादवसहित छ जना गम्भीर घाइते भएका छन् । उनीहरुको गोरखपुरस्थित स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।