बाराबाट अढाइ किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २० गते । बाराको अमलेखगन्जस्थित प्रहरी गस्ती टोलीले अढाइ किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान अमलेखगन्ज चौकमा हेटौंडाबाट वीरगन्तर्फ जाँदै गरेको प्र.३–०३–००२ प ८११ नम्बरको मोटरसाइकललाई जाँच गर्दा सिटमुनी लुकाएर राखेको अढाए किलो अफिम बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता विजयराज पण्डितले बताएका छन् । मोटरसाइकल चालक चितवन कालिका नगरपालिका–३ […]
सप्तरीको एक गोदाममा प्रहरीको छापा : २४ क्विन्टल गाँजा र अवैध सामान बरामद

सामाजिकफीड-सप्तरी, फागुन १९ गते । सप्तरी प्रहरीले राजविराज नगरपालिका–९ मलेठबाट ठूलो मात्रामा लागू औषध गाँजा र अन्य अवैध सामान बरामद गरेको छ। सोमबार बिहान गरिएको अपरेशनमा प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम गाँजा, १४२ कार्टुन स्याउ, तथा हार्डवेयर सामग्री फेला पारेको हो। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार, गोप्य सूचनाका आधारमा सप्तरीका प्रमुख […]
सिरहामा बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । सिरहा प्रहरीले जबर्जस्ती करणी आरोपमा नेपाल प्रहरीका एक जवानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत प्रहरी जवान नवीन यादव रहेका छन्। एक महिलाले यादवविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। यस आधारमा सिरहा प्रहरीले यादवलाई फागुन १५ […]
पार्टीमा लागेको रोगको उपचार खोज्न जनतामा आयौं: प्रचण्ड

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बीचमा आएको बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखे ।कहिले काङ्ग्रेस र कहिले एमालेसँग […]
मुख्यमन्त्री सिंहद्वारा १३ निजी अस्पतालको अनुगमन, १२ वटा बन्द गर्न निर्देशन

सामाजिक फीड- जनकपुरधाम, फागुन १७ गते । मधेश सरकारले राजमार्ग क्षेत्रको १३ निजी अस्पतालको अनुगमन गर्दा १२ वटा अवैध रहेको पाइएको छ ।मुख्यमन्त्री सतिशकुमारसिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंह सहितको टोलिले रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनका १३ निजी अस्पतालहरूको अनुगमन गरेको हो । अवैध पाइएका १२ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्। […]
धनुषामा घरभित्रै गाडिएको अवस्थामा अञ्जलीको शव फेला

सामाजिक फीड- जनकपुरधाम, फागुन १७ धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा एक महिलाको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको छ। २० वर्षीया अञ्जली यादवको शव पूजाकोठामा गाडिएको अवस्थामा प्रहरीले बरामद गरेको हो। धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार स्थानीयले श्रीमान बेपत्ता भएको सूचना दिएपछि खोजी गर्दा अञ्जलीको शव फेला परेको हो। शव कुहिसकेको अवस्थामा भेटिएको उनले बताए। […]
मुख्यमन्त्री सिंहद्वारा बर्दिवासका पाँचवटा हस्पिटल बन्द गर्न निर्देशन

सामाजिक फीड-जनकपुरधाम, फागुन १६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवासस्थित अवैध रूपमा सञ्चालनमा रहेका पाँचवटा अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्। शुक्रबार आठवटा निजी हस्पिटल अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति नलिएका पाँच वटालाई बन्द गर्न निर्देशन दिएका हुन् । पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज […]
मुकेशलाई घरमै पुगेर धनुषाका सिडिओले दिए नागरिकता

सामाजिक फीड-जनकपुुरधाम, फागुन १५ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले पूर्ण अपांगता भएका मुकेशलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका राजकुमार महतोका २३ वर्षीय छोरा मुकेश कुमार महतोलाई नागरिकता प्रदान गरिएको हो ।प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले नागरिकता हस्तान्तरण गरेका हुन् । मुकेशलाई ११ वर्षको उमेरमा पोलियो रोगले लागेपछि […]
मिथिलाको महाकुम्भ १५ दिने मिथिला मध्यमा परिक्रमा सुरु

सामाजिक फीडजनकपुरधाम, फागुन १५ गते । मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्य परिक्रमा आजदेखि सुरु भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमाका लागि प्रस्थान गरेपछि परिक्रमाको शुभारम्भ भएको हो । आज दिउँसो जनकपुरधाम आइपुग्ने मिथिला बिहारीको डोला अग्निकुण्डमा विश्राम लिनेछ । त्यसपछि किशोरीजीको डोलासहित जनकपुरका विभिन्न मठमन्दिर परिक्रमा गर्दै हनुमाननगर […]
आज महाशिवरात्री मनाइँदै, शिवालयहरूमा भक्तजनको घुइँचो

सामाजिक फीड-जनकपुरधाम, फागुन १४ गते । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा–आराधना जनकपुर सहित देशभर धुमधामकासाथ मनाइँदै छ । शिवालयमा पुजाकालागि भक्तजनहरुको विहानैदेखि भिडभाड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहीबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । […]