अवैध अस्पतालको बदमासीले कोमामा बबिताः नत उपचारमा सहयोग, न लापरबाही गर्नेलाई कारबाही

सामाजिक फीड-जनकपुरधाम, चैत १४ गते । जनकपुरको अवैध मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बेहोस भएकी २५ वर्षीया बबिता कुमारी यादव अझै होस फर्किएको छैन । माघ ३० गतेदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) मा बबिताको उपचार जारी छ । चिकित्सकहरूले उनको अवस्था सुधारोन्मुख रहेको बताएका छन्, तर होस भने फर्किएको छैन । बबिताका श्रीमान् अंगेशकुमार यादवले आर्थिक […]
दलितको घर भत्काएको आरोपमा पालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई तीन दिनको म्याद थप

सामाजिक फीड-जनकपुरधाम, चैत १४ गते । सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवलाई थप तीन दिन थुनामा राख्न जिल्ला अदालत सिरहाले म्याद थप गरेको छ। प्रहरीका अनुसार, उनीहरूलाई दोस्रो पटक म्याद थप गर्दै अदालतले थप अनुसन्धानका लागि अनुमति दिएको हो। प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र पासवानका अनुसार, महायज्ञको […]
सिरहाका प्रहरी प्रमुख पण्डित हेडक्वाटर तानिए

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालयले मंगलबार हेडक्वाटर तानेको छ। गृहमन्त्री रमेश लेखकको सचिवालय स्रोतका अनुसार सिरहाको नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक अनन्तराज शर्मा पठाइएका छन्। यसअघि, सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती भएको घटनापछि प्रशासनको आलोचना चुलिएपछि गत शुक्रबार सिरहाका तत्कालीन प्रमुख […]
सिरहामा खोला किनारमा बोरामा शव

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोरामा बेरेर गाडिएको अवस्थामा एकजनाको शव फेला परेको छ। मिर्चैया प्रहरीका डीएसपी पञ्चकुमार बाखुका अनुसार, आज बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको महसुस गरेपछि नजिक पुगेर हेर्दा हाड देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर शव बाहिर निकालेको छ। ‘शव अत्यन्त […]
शिवशंकर महतो हत्या प्रकरणमा श्रीमती सिर्जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत ११ गते । धनुषाका २५ वर्षीय शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकी श्रीमती सिर्जना महतोलाई पक्राउ गरेको छ । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार, बिहीबार नै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। गत शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–८, सागरनाथ वन क्षेत्रमा शिवशंकरको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। […]
जनकपुरका होटलमा बासी र म्याद गुज्रेका सामग्री फेला, जफत गरी नष्ट

सामाजिक फीड-जनकपुरधाम, चैत ११ गते । जनकपुरका केही प्रतिष्ठित होटलमा बासी तथा म्याद गुज्रेका खाद्य सामग्री प्रयोग गरिएको पाइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने अशुद्ध सामग्री फेला परेको हो। आइतबार राति मुख्यमन्त्री सिंहसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण […]
पालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउपछि डोम परिवार विस्थापित

सामाजिक फीड-जनकपुरधाम, चैत ९ गते । सिरहाको औरही गाउँपालिका अध्यक्षका आफन्त तथा समर्थकहरूको धम्की र गालीगलोजका कारण दीपक मरिक डोमका परिवार विस्थापित भएको छ । शुक्रबार साँझ गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादव पक्राउ परेपछि उनका छोरा रुकेश यादव सहित समर्थकहरु रातिदेखि नै दीपक मरिक डोमको घरमा पुगेर धम्की […]
विष्णु महायज्ञको नाममा पालिका अध्यक्षले भत्काए डोमको घर, अछुत भन्दै माटो फालियो

टुडेपाटी-जनकपुरधाम, चैत ७ गते । विष्णु महायज्ञको नाममा सिरहाको औरही गाउँपालिका–५ मा एक डोम परिवारको घर भत्काइएको छ । पीडित परिवारका अनुसार जातीय भेदभावकै कारण आगामी चैत १७ गतेबाट सुरु हुने श्री श्री १०८ विष्णु महायज्ञका लागि दीपक मरिक (डोम) को घर डोजर लगाएर भत्काइएको हो । औरही गाउँपालिका अध्यक्ष शिवजी यादवकै निर्देशनमा फागुन १० […]
रौतहटबाट मिटरब्याजी शिबचन्द्र साह पक्राउ

सामाजिक फीड-रौतहट, चैत ६ गते । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय बढी जनतालाइ अन्याय गरेको उनी […]
धनुषामा चार दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला

सामाजिक फीड– जनकपुरधाम, चैत ५ गते । धनुषामा चार दिनदेखि बेपत्ता एक युवकको शव इनारमा फेला परेको छ। मिथिला नगरपालिका–८, जमुनिवासका ३३ वर्षीय नारायण घिसिङ्को शव स्थानीय इनारभित्र भेटिएको हो। प्रहरीलाई सोमबार साँझ इनारबाट दुर्गन्ध आउन थालेको सूचना प्राप्त भएपछि खोजी गरिएको थियो। टर्चबालेर हेर्दा इनारभित्र खुट्टा देखिएपछि प्रहरीले शव रहेको पुष्टि गर्यो। सशस्त्र प्रहरीको […]