Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १२ गते ।

सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोरामा बेरेर गाडिएको अवस्थामा एकजनाको शव फेला परेको छ।

मिर्चैया प्रहरीका डीएसपी पञ्चकुमार बाखुका अनुसार, आज बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको महसुस गरेपछि नजिक पुगेर हेर्दा हाड देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थलमा पुगेर शव बाहिर निकालेको छ।

‘शव अत्यन्त कुहिसकेको अवस्थामा फेला परेको छ, पहिचान गर्न कठिन छ,’ डीएसपी बाखुले भने। शव परीक्षणका लागि राम्रो अस्पतालमा पठाउने तयारी भइरहेको उनले बताए।

यसैबीच, केही दिनदेखि गाउँकै १३ वर्षीया बालिका गुल्सना खातुन बेपत्ता रहेकी छन्। हराइरहेकी बालिका र फेला परेको शवको कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *