सामाजिक फीड-
जनकपुरधाम, चैत १२ गते ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालयले मंगलबार हेडक्वाटर तानेको छ।
गृहमन्त्री रमेश लेखकको सचिवालय स्रोतका अनुसार सिरहाको नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक अनन्तराज शर्मा पठाइएका छन्।
यसअघि, सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती भएको घटनापछि प्रशासनको आलोचना चुलिएपछि गत शुक्रबार सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई पनि गृह मन्त्रालय तानिएको थियो।