Samajik Feed – News Portal from Nepal

काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

सामाजिक फीड-जनकपुरधाम, भदौ २० गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनी घाइते भएका छन् । घाइते यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एकजनलाई पक्राउ गरेको छ । […]

आज श्रीकृष्णजन्माष्टमी मनाइँदै, देशभर सार्वजनिक बिदा

रासस-जनकपुरधाम, भदौ २० गते । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष […]

अख्तियारको कर्मचारीको नाममा जनकपुरमा व्यवसायीलाई धम्काएर ठगी गर्ने दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । अख्तियारको कर्मचारी भन्दै जनकपुरमा व्यवसायीबाट ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका ३ बस्ने ३७ वर्षीय अनिल सिंह र सोही ठाउँका ३२ वर्षीय राहुल सिंह रहेको प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार गत साउन ११ गतेदेखि भदौ १५ गतेसम्ममा […]

लोसपाले वडासम्म समिक्षा र सुधार अभियान चलाउने

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केन्द्रदेखि वडा तथा वुथ कमिटीसम्म पार्टीको संगठन सुदृढीकरण गर्न समिक्षा र सुधार अभियान चालाउने भएको छ । बर्दिबासमा बसेको लोसपा मधेश प्रदेशको विस्तारित बैठकले यस्तो अभियान चलाउने निर्णय गरेको हो ।आज जाकपुर पार्टी कार्यालयमा लोसपाले पत्रकार सम्मेलन आयोजना गरी मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले संगठन […]

मधेश प्रदेशका स्वतन्त्र सांसद यादव जेल चलान

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि जेल चलान भएका छन् । सप्तरी जिल्ला अदालतको आदेशमा उनलाई आज पुर्पक्षका लागि जेल चलान गरिएको हो । न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासको आदेशमा उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको स्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । अदालतको […]

प्रदेश सांसद यादव पक्राउ बारे मधेश प्रदेशसभाद्वारा औपचारिक जानकारी

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेको बारे मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गरी जानकारी गराएको छ । सभामुख रामचन्द्र मण्डलको निर्देशनमा मधेश  प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै सोमबार साँझ प्रदेश सांसद यादव पक्राउ परेको सूचना जारी गरेका हुन् । ‘… निज […]

मधेशका मुद्दा मरेको छैन : महन्थ ठाकुर

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा जिउँदै रहेका बताएका छन्। सोमबार महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेश प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापना कालका ती मुद्दा जनतामाझ पु¥याउन पर्ने बताए । ‘हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन्’, अध्यक्ष ठाकुरले […]

धनुषाबाट पानी तान्ने १२ वटा चोरीको मोटरसहित एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते । प्रहरीले चोरीको १२ वटा पानी तान्ने मोटरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका २ का १९ वर्षीय शिवकुमार महरा छन् । उनलाई आइतबार बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलिले पक्राउ गरेको हो । महराको साथबाट विभिन्न समयमा चोरी भएको पानी तान्ने […]

मधेश प्रदेशका स्वतन्त्र सांसद यादव हत्या अभियोगमा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते । हत्या अभियोगमा मधेश प्रदेशका एक स्वतन्त्र सांसद पक्राउ परेका छन् । सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका हुन् । उिनलाई सप्तरी सदरमुकाम राजविराज ७ बाट आज दिउँसो करिब ३ बजे प्रहरीले पक्राउ गरेको हो […]

नेपाल र भारतबीचको क्रिकेट हेर्न जकपुरधाम विद्यालयहरुमा आज दिउँसो २ बजेदेखि बिदा

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते । नेपाल र भारतबीचको आज हुने खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयहरुमा दिउँसो २ त्रजेदेखि बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना […]