Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १८ गते ।

हत्या अभियोगमा मधेश प्रदेशका एक स्वतन्त्र सांसद पक्राउ परेका छन् । सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका हुन् ।

उिनलाई सप्तरी सदरमुकाम राजविराज ७ बाट आज दिउँसो करिब ३ बजे प्रहरीले पक्राउ गरेको हो । वि.स.२०६४ सालमा भएको खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या अभियोगमा प्रदेश सांसद यादवलाई पक्राउ गरिएको हो ।

तत्कालिन बोदे बर्साइन गाविस–४ बाट वि.सं.२०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याई पाँचवटा गोली हानी चौधरीको हत्या गरिएको थियो। उक्त घटना यादवकै निर्देशनमा भएको अभियोग छ ।


उक्त विषयमा जाहिरीपरेपछि अदालतमा वयान दिन समेत नगई यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

फरार रहेकै अवस्थामा उनी ०७९ मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा आफै मनोनयन दर्ता देखि लिएर प्रचारप्रसारमा सहभागी भएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरेन।

मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *