Samajik Feed – News Portal from Nepal

सुनचाँदी पसलमा छापामारी गरेका प्रहरीलाई कारबाही नगरेको भन्दै जनकपुरका व्यवसायीले बन्द गरे पसल

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । जनकपुरका व्यवसायीहरुले अबैध रुपमा सुनचाँदी पसलमा छापा मारेका प्रहरीलाई कारबाही नगरेको भन्दै पसल बन्द गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको आह्वानमा जनकपुरका व्यापारीहरुले आज दिउँसो १२ बजेसम्म पसल बन्द गरेका छन् । व्यवसायीहरुले प्रहरीले अबैध रुपमा छापा मारेको भन्दै धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम र घुमुवा प्रहरी सहायक […]

भारतको तेलंगनामा बस र ट्रक एक आपसमा ठोक्किंदा २० जनाको मृत्यु, २० जना घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । भारतको तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक एक आपसमा ठोक्किँदा २० जनाको मृत्यु भएको छ । सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक यो दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार उक्त दुर्घटनामा परेर बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना […]

सप्तरीको छिन्नमस्तामा हैजा संक्रमण फैलिएको आशंका, तीन जनाको आरडीटी पोजेटिभ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । सप्तरीमा समेत हैजा संक्रमण फैलिएको आशंका गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा झाडापखालाले तीन जनाको मृत्यु भएपछि हैजाको संक्रमण फैलिएको आशंका गरिएको छ । आइतबार साँझसम्म झाडापखालाका ९ जना बिरामीको दिसाको नमुना संकलन गरी आरडीटीबाट हैजा परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको हो । गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीका […]

रौतहटमा चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । रौतहटको फतुवा विजयपुर नगरपालिका-८, विजयपुर चोक नजिकै चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चन्द्रनिगाहपुर नगरपालिका-८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र कटहरिया नगरपालिका-५, बलिरामपुर टोलका ४९ वर्षीय परमानन्द महतो ९प्रेम महतो० रहेका छन्। ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख इन्स्पेक्टर […]

महोत्तरीमा एमालेको सदस्यता ३३ हजार नाघ्यो, मधेसभर १ लाख ५६ हजार पुगे

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । महोत्तरीमा नेकपा एमालेको पार्टी सदस्यता (संगठित सदस्य) ३३ हजार २८७ जना पुगेका छन्। एमालेले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र केन्द्रीय कार्यालयले अद्यावधिक गरेको विवरण अनुसार महोत्तरीमा पार्टी सदस्य ३३ हजार नाघेको हो। पार्टीको सदस्य ३३ हजार नाघेसँगै २०७९ मा भएको चुनावमा एमालेले महोत्तरीमा प्राप्त गरेको समानुपातिक मतभन्दा […]

मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू श्रम शोषण र दमनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आठबुँदे मागसहित उनीहरूले पूर्वघोषित कार्यक्रमअनुसार जनकपुरधाममा शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् । स्वास्थ्यकर्मीहरूले आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य भएको गुनासो गरेका छन्। नेपाल सरकारको कानुनअनुसार तलब स्केल लागू […]

महोत्तरीको दुई ठाउँमा प्रहरीको छापा, १९ जुवाडे पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका क्षेत्रमा दुई फरक ठाँउमा छापा मार्दै १९ जना लाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुबै ठाँउबाट जम्मा तीन लाख ६८ हजार रुपैयाँ नगदसहित विभिन्न जुवा खेल्ने सामग्रीहरू बरामद गरिएको छ।महोत्तरी प्रहरीले विशेष जुवातास नियन्त्रण गर्नलाइ अभियानसञ्चालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, […]

बैशाखयता विपद्जन्य घटनामा परेर ३३५ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । वैशाखयता विपद्का घटनामा परेर देशभर तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो वर्षको कात्तिक १५ गतेसम्म देशभर ४ हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । उक्त अवधिमा ४१ जना बेपत्ता हुँदा एक हजार २६४ जना घाइते […]

जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ

समाजिक फीडजनकपुरधाम, कात्तिक १४ गते । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटपाट गरी बेच्ने पाँच जना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौंसहित विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं महानगरपालिका–१५ का २५ वर्षीय राजन देउला, भारतको सितामणिका २४ वर्षीय अकबर खान, […]

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी सुरु

समाजिक फीडजनकपुरधाम, कात्तिक १४ गते । जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ । एक सातासम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने विवाहपञ्चमीलाई भव्य र व्यवस्थित रुपमा मनाउनका लागि बिहीबार जानकी मन्दिर परिसरमा सर्वपक्षीय बैठक सम्पन्न भएको हो । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले आगामी मंसिर ९ गते मनाइने विवाहपञ्चमी महोत्सवको […]