Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १७ गते
 ।

भारतको तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक एक आपसमा ठोक्किँदा २० जनाको मृत्यु भएको छ । सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक यो दुर्घटना भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार उक्त दुर्घटनामा परेर बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *