Samajik Feed – News Portal from Nepal

४५० जनाले नि:शुल्क आँखा जाँच गराए, १४६ मा मोतियाबिन्दु पत्ता

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । धनुषाधाम नगरपालिकाको सहयोगमा धनुषाधाम प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित नि:शुल्क आँखा जाँच शिविरमा ४५० जनाले आफ्नो आँखा परीक्षण गराएका छन्। शिविरको क्रममा १४६ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको छ। उनीहरूलाई शल्यक्रियाका लागि सगरमाथा चौधरी आँखा अस्पताल, लाहान पठाइएको छ। नगर प्रमुख बालेश्वर मण्डलले स्थानीय बासिन्दाले नि:शुल्क सेवा पाउँदा खुशी […]

फिल्म निर्माता रामगोपाल वर्मालाई तीन महिनाको जेल सजाय

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । चर्चित फिल्म निर्माता तथा निर्देशक रामगोपाल वर्माको कानूनी समस्या थप जटिल बनेको छ। मुम्बईको अदालतले उनलाई चेक बाउन्स मुद्दामा तीन महिनाको जेल सजाय सुनाएको छ। २०१८ मा दायर गरिएको यस मुद्दाको सात वर्षपछि अदालतले फैसला सुनाउँदै वर्मालाई गैर-जमानती वारेन्ट समेत जारी गरेको हो। तेलंगाना टुडेको रिपोर्ट अनुसार, वर्मालाई […]

रवि लामिछानेविरुद्ध थुनछेक बहस सुरू

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी थुनछेक बहस आज (शुक्रबार) रूपन्देही जिल्ला अदालतमा पुनः सुरू भएको छ। बिहीबार सरकारी वकिलको बहस सकिए पनि पीडित पक्षका दुई वकिलको बहस बाँकी रहेकाले आज पुनः अदालतमा बहस सुरु भएको हो। बुधबार पहिलो पटक रूपन्देही […]

किशोरीमाथि सामूहिक बलात्कार र परिवारको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्ड

gang-rape

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम भारतको एक अदालतले सन् २०२१ मा किशोरीमाथि सामूहिक बलात्कार र उनको परिवारको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। घटनामा संलग्न दोषीहरूले सार्वजनिक यातायातको प्रतीक्षामा रहेका किशोरी र उनको परिवारलाई मोटरसाइकलमा लिफ्ट दिएर एकान्त स्थानमा लगि सामूहिक बलात्कार गरेका थिए। प्रतिरोध गर्न खोज्दा किशोरीका बुबा र उनको […]

रेल दुर्घटनामा चार नेपाली नागरिकको मृत्यु

तस्बिर : एजेन्सी

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । भारतको महाराष्ट्र राज्यको जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा चार नेपाली नागरिकको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार, मृतक नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन्। दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु […]

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा रौतहट बृन्दावन नगरपालिका–६ का विजय साह (३६), धनुषा धनुषाधाम नगरपालिका–४ की नेहा अधिकारी (३२) र धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ की विवाह घले (४७) रहेका छन्। विजयले मलेसिया पठाइदिन्छु भन्दै एक पीडितबाट ८० हजार […]

त्रिभुवन विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार सुरक्षा जाँचका क्रममा १६ किलो शंकास्पद वस्तुसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले हङकङ जान क्याथे प्यासिफिक एयरलाइन्सको उडान लिन लागेका थिए। विमानस्थल सुरक्षामा खटिएका अधिकारीहरूका अनुसार सुटकेसमा भेटिएको उक्त वस्तु लागूऔषध भएको शंका गरिएको छ। पक्राउ परेका चिनियाँ नागरिकले सो वस्तु […]

अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापार नीति चीन, क्यानडा र मेक्सिकोलाई आयात शुल्कको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा निर्मित सामानको आयातमा फेब्रुअरी १ देखि १० प्रतिशत शुल्क लगाउनेबारे सोचिरहेको बताएका छन्। वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली संघ र छिमेकी देशहरू मेक्सिको र क्यानडामाथि पनि आयात शुल्क लगाउने चेतावनी दिए। उनले मेक्सिको र क्यानडालाई फेन्टनिल औषधि र कागजातविहीन आप्रवासीहरू अमेरिकामा पठाइरहेको आरोप […]

पाेखरीमा एक युवककाे शव फेला

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-८ दिगम्वरपुरस्थित पोखरीमा आज बिहान एक पुरुषको शव फेला परेको छ। स्थानीय गगनदेव महराका २१ वर्षीय छोरा आँसु महराको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। पोखरीबाट शव निकालेर पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीका […]

चिसोको कारण श्वासप्रश्वासका बिरामी बढे

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् ।सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । बितेका सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा विकासकुमार साहले बताए । चिसोले दमका बिरामी बढेका […]