Samajik Feed – News Portal from Nepal

तालिबानी कूटनीतिज्ञलाई चीनद्वारा राजदूतको हैसियत प्रदान

चीन । अफगानिस्तानको तालिबान सरकारले तोकेको कूटनीतिज्ञलाई चीनले राजदूतको हैसियत दिएको छ । यसरी चीनले तालिबानलाई वैधता दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता वाङ वेनबिनले मंगलबार पत्रकारहरूको प्रश्न जवाफ दिँदै अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बाहिर निकाल्नु नहुनेमा चीन विश्वास गरेको बताइन् । यसअघि पनि तालिवानका उम्मेदवार बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको […]

बैंकहरूले चर्को ब्याज असुली गरेको भन्दै सिरहाको मिर्चैयाका व्यापारीहरूद्वारा धर्ना

सिरहा, १९ मंसिर । बैंक तथा वित्तीय संस्थाहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै सिरहाका व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् । बैंक तथा लघुवित्तको चर्को ब्याज किस्ता तिर्न असमर्थताका साथै राष्ट्र बैंकको अव्यावहारिक नीतिविरुद्ध भन्दै सिरहाको मिर्चैयाका व्यापारीहरूले शान्तिपूर्ण विरोध कार्यक्रम गरेका हुन् । चर्को ब्याज असुली गरेको आरोप लगाउँदै उनीहरूले एनआईसी एसिया बैंक अगाडि केही दिनदेखि […]

‘एडल्ट’ फिल्म ‘एनिमल’ बाल दर्शकलाई देखाएको भन्दै सिनेमा हलबालालाई चेतावनी

काठमाडौँ, १९ मंसिर । ‘एडल्ट’ सर्टिफिकेट पाएको हिन्दी चलचित्र ‘एनिमल’ बाल दर्शकलाई समेत देखाएको भन्दै नेपाल चलचित्र विकास बोर्ड एक्सनमा उत्रिएको छ । बोर्डले ‘एडल्ट’ फिल्ममा १६ वर्षमुनिका बाल दर्शकलाई समेत टिकट बिक्री गरिएको पाइएको भन्दै त्यसो नगर्न चेतावनी दिएको हो । बोर्डका अनुगमन समिति संयोजक राजु केसीले अहिले चलिरहेको हिन्दी फिल्म ‘एनिमल’मा बाल दर्शकलाई […]

मोनाष्टिक स्कूलमा ग्रेजुएशन समारोह सम्पन्न

जनकपुरधाम, १९ मंसिर । जनकपुरधामको चर्चित मोनाष्टिक आवासीय विद्यालयले प्रि–स्कूल ग्रेजुएशन समारोह मनाएको छ । प्रि–स्कूलदेखि सञ्चालनमा रहेको मोनाष्टिकमा प्रारम्भिक र आधारभूत शिक्षाको लागि नयाँ अभ्यास भन्दै ग्रेजुएशन समारोह मनाइएको हो । प्रिस्कूल ग्रेजुएशन समारोहमा सहभागी छात्रछात्राले मोनाष्टिक स्कूलमा पाएको शिक्षा आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको बताए । विद्यालयकी संस्थापक वीणा देवी, […]

‘सीआईडी’ मा ‘फ्रेडरिक’ को भूमिका निर्वाह गर्दै आएका अभिनेता फडनिसको निधन

भारत, १९ मंसिर । भारतको चर्चित टेलिश्रृंखला ‘सीआईडी’ मा फ्रेडरिकको भूमिका निर्वाह गर्दै आएका अभिनेता दिनेश फडनिसको निधन भएको छ । आइतबारदेखि अस्पतालमा रहेका ५७ वर्षीय फडनिसको सोमबार राति निधन भएको उनका सल्लाहकार दयानन्द शेट्टीले पुष्टि गरेका हुन् । दयाले भने, ‘दिनेशको बिहान १२.०८ बजे अन्तिम सास फेरे ।’ अभिनेताले मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका […]

विप्लवसहित नेतालाई पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ गर्न पुर्जी जारी भएकोमा असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा सोमबार वरिष्ठ सञ्चारकर्मीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो असन्तुष्टि जनाएका हुन् । गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार पक्राउ पुर्जी जारी गरेको छ । छलफलमा […]

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ, १८ मंसिर । नेपाली बजारमा सोमबार सुन तोलाको ८ सयले बढेको छ । आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ […]

गाजाको दक्षिणी क्षेत्रमा पनि आक्रमण सुरु

एजेन्सी । इजरायलले गाजाको दक्षिणी क्षेत्रमा पनि आक्रमण सुरु गरेको छ । यस क्षेत्रमा हमासका नेताहरू लुकेको आशंका गर्दै इजरायली सेनाले आक्रमण सुरु गरेको हो । इजरायली सेनाले गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रसमेत खाली गर्न आदेश जारी गरेको छ । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका अनुसार थल सेनाहरू अहिले दक्षिणतिर […]

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

एजेन्सी । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ) का पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेका पाइलटहरूमा एक […]

नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्ने तयारी

काठमाडौँ, १७ मंसिर । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्ने तयारी हुन थालेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशन वैशाखमा सार्न प्रस्ताव गरेका हुन् । पार्टीका नेताहरूसँगको अनौपचारिक छलफलका क्रममा अध्यक्ष नेपालले वैशाखमा राष्ट्रिय महाधिवेशन गर्दा उपयुक्त हुने धारणा राखेका छन् । अनौपचारिक छलफलका क्रममा केही नेताले जेठ भनेका छन् भने केहीले असोजमा गर्न […]