जनकपुरधाम, १९ मंसिर । जनकपुरधामको चर्चित मोनाष्टिक आवासीय विद्यालयले प्रि–स्कूल ग्रेजुएशन समारोह मनाएको छ ।
प्रि–स्कूलदेखि सञ्चालनमा रहेको मोनाष्टिकमा प्रारम्भिक र आधारभूत शिक्षाको लागि नयाँ अभ्यास भन्दै ग्रेजुएशन समारोह मनाइएको हो । प्रिस्कूल ग्रेजुएशन समारोहमा सहभागी छात्रछात्राले मोनाष्टिक स्कूलमा पाएको शिक्षा आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको बताए ।

विद्यालयकी संस्थापक वीणा देवी, प्रिन्सिपल/निर्देशक डा. शिखा नायक र प्रबन्ध निर्देशक डा. सोनुकुमार साहको नेतृत्वमा भएको यस कार्यक्रममा प्रत्येक विद्यार्थीले योग्यताको प्रमाणपत्रसमेत प्राप्त गरेका छन् ।समारोहमा छात्रछात्राहरूले आफ्ना प्रतिभाहरू पनि प्रदर्शन गरेका थिए । उनीहरूले नृत्य, नाटक, कलाकौशला, भाषणलगायतका विविध क्रियाकलाप गरेका थिए । कार्यक्रममा २ सय ३४ छात्रछात्रा सहभागी भएका थिए ।








