प्रतिकूल बकपत्र गरेपछि घुस दिने व्यक्तिविरुद्ध नै भ्रष्टाचार मुद्दा

सामाजिक फीड, काठमाडाैँ, २६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गर्ने एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया सिराहाका प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवार प्रतिवादी रहेको मुद्दामा प्रतिकूल बकपत्र गर्ने व्यक्तिविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएको व्यक्तिको नाम खुलाइएको छैन । परिवर्तित […]
घरको नक्सा पास गर्न घुस लिएका इन्जिनियर मेहता भ्रष्टाचारी ठहर, जेल र जरिवाना गर्ने अदालतको फैसला

समाजिक फीड जनकपुरधाम, माघ २६ गते । घरको नक्सा पास गर्न लिएको घुस रकमसहित रङ्गेहात पक्राउ परेका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सुनसरीको बर्जू गाउँपालिकाका तत्कालीन इन्जिनियर अजय कुमार मेहताले भ्रष्टाचार गरेको पुष्टि भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । विशेष अदालतका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु, तेज नारायणसिंह राई र […]
महोत्तरीमा बालिकालाई बलात्कार गरेका लुटेरा समुहका तीनजना सार्वजनिक, एकजना अझै फरार

समाजिक फीड जनकपुरधाम, माघ २६ गते । महोत्तरीमा बालिकालाई अपहरण गरेर बलात्कार गरेको लुटेरा समुहका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्रेश विज्ञप्ती जारी गरी पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो । घटनामा चारजना संलग्न रहेपनि एकजना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र खड्काले बताए । उनका […]
माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने एजेण्ट पक्राउ

सामाजिक फीड, काठमाडौँ, २६ माघ । माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने एक एजेण्ट पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ घर भई काठमाडौँको शान्तिनगरमा बस्दै आएका २५ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो । वैदेशिक रोजगारमा जान लागेका विवेक यादवलाई माल्टा पठाइदिने भनेर पाँच लाख ठगी गरेको पटेलमाथि आरोप छ । रकम लिई फरार […]
सामुहिक बलात्कार गरेर भिडियो बाहिर ल्याउने धर्मेन्द्र ८ वर्षपछि पक्राउ

समाजिक फीड कपिलवस्तु, माघ २६ गते । सामुहिक बलात्कार गरेर फरार भएका एकजनालाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार उनले बलात्कार गरेर भिडियो समेत सार्वजनिक गरेका थिए । २०७२ माघ २६ गते […]
५१ एम्पुल लागुऔषध सहित २० वर्षीय युवक प्रहरीको फन्दामा

समाजिक फीड जनकपुरधाम, माघ २६ गते । सिरहा प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने २० वर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सिरहाको भगवानपुर गाउँपालिका– ३ स्थित भित्री सडकखण्डमा ठाडी प्रहरी चौकीबाट खटिएको प्रहरीले चौधरीलाई बिहीवार बेलुकी नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेयले बताए […]
महोत्तरीमा लुटेराले १३ वर्षीया बालिकालाई गरे सामुहिक बलात्कार, चार जना पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ २६ गते । महोत्तरीको सम्सीमा लुटेरा समुहले १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । सम्सी गाउँपालिका–२ स्थित पर्सा टोलमा मामा घर बस्दै आएकी ती बालिकालाई चार जनाको समुहमा रहेका लुटेरा समुहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार गत माघ २२ गते राति […]
अभिनेत्री ईशा र भरतको सम्बन्ध बिच्छेद

सामाजिक फीड, भारत । बलिउड अभिनेत्री ईशा देओल र भरत तख्तानीले विवाहको ११ वर्षपछि अलग हुने घोषणा गरेका छन् । उनीहरूले संयुक्त रूपमा बयान दिँदै आपसी सहमतिमा अलग भएको र अब आफ्ना दुई छोरी ६ वर्षीया मिराया र ४ वर्षीया राध्याको पालनपोषणमा ध्यान केन्द्रित गर्ने बताएका हुन् । उनीहरूले लेखेका छन्, ‘हामीले पारस्परिक र मैत्रीपूर्ण […]
मधेशमा अवैध हतियारको बिगबिगी : पेस्तोल र गोली सहित ६ महिनामा २५ जना पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ २६ गते । मधेश प्रदेशबाट गत ६ महिनामा अवैध हतियार सहित २५ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको छ । ‘अवैध हातहतियार नियन्त्रणमा […]
चोरी गरेर फरार भएका सहनी प्रहरीको फन्दामा

समाजिक फीड जनकपुरधाम, माघ २६ गते । चोरी गरेर फरार भएका एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको करैयामाइ गाउँपालिका–१ स्थित मधुवन बस्ने मञ्जय सहनी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार चोरी मुद्दामा उनलाई १३ हजार ८३३ रुपैँया जरिवाना तोकिएको छ । मधुवन […]