सामाजिक फीड,
काठमाडौँ, २६ माघ । माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने एक एजेण्ट पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ घर भई काठमाडौँको शान्तिनगरमा बस्दै आएका २५ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारमा जान लागेका विवेक यादवलाई माल्टा पठाइदिने भनेर पाँच लाख ठगी गरेको पटेलमाथि आरोप छ । रकम लिई फरार भएपछि यादवले प्रहरीमा उजुरी गरेका थिए ।
बबरमहलबाट पक्राउ परेका पटेललाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।