Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

भारत । बलिउड अभिनेत्री ईशा देओल र भरत तख्तानीले विवाहको ११ वर्षपछि अलग हुने घोषणा गरेका छन् । उनीहरूले संयुक्त रूपमा बयान दिँदै आपसी सहमतिमा अलग भएको र अब आफ्ना दुई छोरी ६ वर्षीया मिराया र ४ वर्षीया राध्याको पालनपोषणमा ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

उनीहरूले लेखेका छन्, ‘हामीले पारस्परिक र मैत्रीपूर्ण रूपमा अलग हुने निर्णय गरेका छौँ । हाम्रो जीवनमा यस परिवर्तनको माध्यमबाट, हाम्रा दुई बच्चाहरूको सर्वोत्तम चासो र कल्याण हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ र हुनेछ । हामी हाम्रो गोपनीयताको कदर गर्छौं।’

४२ वर्षीया ईशाले भरतसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । पछिल्ला वर्षहरूमा इशा र भरतको सम्बन्ध राम्रो नभएको चर्चा भइरहेको थियो । सन् २०२० मा इशाले लेखेको किताबमा समेत उनले आफ्नो दोस्रो छोरी जन्मिएपछि श्रीमान् भरत आफूबाट टाढिन थालेको उल्लेख गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *