Samajik Feed – News Portal from Nepal

प्रधानमन्त्रीको स्वकीय सचिवालयका १३ कर्मचारी हटाइयो

काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो स्वकीय सचिवालयका १३ कर्मचारीलाई हटाएका छन् । प्रधानमन्त्रीको सचिवालयबाट एक स्वकीय सहसचिव, चार उपसचिव, एक शाखा अधिकृत, दुई प्रशासन सहायक, दुई कम्प्युटर सहायक, एक कार्यालय सहायक र दुई हलुका सवारी चालकलाई बिदाइ गरिएको हो । प्रधानमन्त्रीको निर्देशनअनुसार उनीहरूलाई बिदाइ गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव सन्तकुमार […]

वीरगञ्ज महानगरपालिकाले तिरेन खानेपानीको बिल, २७८ वटा धाराको लाइन काट्ने तयारी

समाजिक फीड वीरगञ्ज, माघ २ गते । वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान भएको २७८ वटा धाराको लाइन काट्ने तयारी भएको छ । नेपाल खानेपानी संस्थानले महानगरको विभिन्न सार्वजनिक स्थानमा जडान गरेको धाराको महसुलबापतको रकम भुक्तानी गर्न आनाकानी गरेपछि ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो। खानेपानीको मुहान सुकेर पानीको समस्या भएका बेला महानगरपालिकाले महसुल […]

भन्सार छलेर भारतबाट ल्याउँदै गरेको २१ लाखको सामान सहित महोत्तरीबाट ६ जना पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ २ गते । लाखौं मूल्य बराबरको भन्सार छलीको सामानसहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीकै गौशाला नगरपालिका २ बस्ने ३० वर्षीय अताबुल राईन, रेडक्रस टोल बस्ने २८ वर्षीय अस्लम बैठा धोवी, ३५ वर्षीय बिपिनकुमार चौधरी, सम्सी गाउँपालिका ६ बस्ने २१ वर्षीय श्याम साह, वडा नम्बर ७ बस्ने […]

जनकपुर–जयनगर रेलमा सवार एकजना यात्रीको मृत्यु

समाजिक फीड जनकपुरधाम, माघ २ गते । जनकपुर–जयनगर रेलमा सवार एकजना यात्रीको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका–४ स्थित खुटापिपरारीका ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ । कुर्था र जनकपुर रेल्वे स्टेशनको बीचमा विहान करिब ९ बजे रेलभित्रै अचानक उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले […]

मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ, २ माघ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ […]

न्यायाधीश गिरीकी पत्नी आरती प्रहरीको नियन्त्रणमा

काठमाडौँ, २ माघ । सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पुन: नियन्त्रणमा लिएको छ । मंगलबार सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् । प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । गत शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । लगतै प्रहरीले उनलाई नियन्त्रणमा लिएर […]

धनुषाधाममा एक महिने मकर मेला सुरु, यस्तो छ धार्मिक महत्व

समाजिक फीड जनकपुरधाम, माघ २ गते । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । माघे सङ्क्रान्तिको अवसरमा प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आएको धनुषाधामको मकर मेला सोमवारबाट सुरु भएको हो । जनकपुरधामदेखि करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधामको मकर मेला यस क्षेत्रको प्रख्यात मेला हो । मेलामा नेपाल तथा छिमेकी […]

राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागु, के के गर्न पाइँदैन ?

समाजिक फीड जनकपुरधाम, माघ २ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ । अगामी माघ ११ गते मधेश प्रदेशका दुई सहित १९ सिटका लागि हुन लागेको चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको हो । आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म अचचार संहिता जारी गर्ने निर्णय गरेको […]

पेट्रोल, डिजल र मट्टितेलमा १–१ रुपैयाँ घट्यो

काठमाडौँ, १ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोल, डिजल र मट्टितेलमा १–१ रुपैयाँ घटाएको हो । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ […]

धनुषामा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा भेटिए

जनकपुरधाम, १ माघ । धनुषाको पकडियामा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा भेटिएका छन् । सोमबार बिहान क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा महोत्तरीको लोहरपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी घाइते अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका छन् । गम्भीर घाइते अस्मिताको […]