Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो स्वकीय सचिवालयका १३ कर्मचारीलाई हटाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयबाट एक स्वकीय सहसचिव, चार उपसचिव, एक शाखा अधिकृत, दुई प्रशासन सहायक, दुई कम्प्युटर सहायक, एक कार्यालय सहायक र दुई हलुका सवारी चालकलाई बिदाइ गरिएको हो ।

प्रधानमन्त्रीको निर्देशनअनुसार उनीहरूलाई बिदाइ गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *