Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोल, डिजल र मट्टितेलमा १–१ रुपैयाँ घटाएको हो ।

भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुरधाम, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *