संघिय सरकारले दिने बजेटमा विभेद गरियो: मेयर सिंह

सामाजिक फीडजनकपुरधाम, बैशाख ६ गते । बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाएका छन् । सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिका ले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गर्नु भएको छ । उनले भरतपुर महानगरमा […]
लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

समाजिक फीड,जनकपुरधाम , वैशाख ६ गते । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते आफू नियुक्त भएपछि दोस्रो पटक मन्त्रीपरिषद बिस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन् । उनले ११ […]
मधेशमा मन्त्रीपरिषद विस्तार, माओवादीका २ र नेकपा एसबाट एक मन्त्री नियुक्त

सामाजिक फीडजनकपुरधाम, बैशाख ६ गते । सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि चुलिएपछि मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्।माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री उनले नियुक्त गरेका छन्। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मुख्यमन्त्री यादवले मन्त्री नियुक्त गरेका हुन्। साह महोत्तरी निर्वाचन क्षेत्र […]
कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

समाजिक फीड,जनकपुरधाम , वैशाख ६ गते । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले रमाओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेसनमा विहिबार संकल्प प्रस्ताव पेश गरेका हुन् । प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस भएको हो […]
शिल्पाका पति राज कुन्द्राको ९८ करोड बराबरीको सम्पति जफत

समाजिक फीड,जनकपुरधाम , वैशाख ६ गते । बलिवुड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको करिब ९८ करोड भारु बराबरको सम्पति जफत भएको छ । भारतको प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग केस अन्तर्गत कुन्द्राको सो सम्पत्ति जफत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी पत्नी तथा […]
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सामाजिक फीड, काठमाडाैँ, ६ वैशाख । आज र भोलि देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ । देशभरका ७ सय ५३ वटा पालिकामा वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५३ सालबाट भिटामिन ‘ए’ […]
लागुऔषधसहित दुई जना पक्राउ

सामाजिक फीड, महोत्तरी, ६ वैशाख । महोत्तरीको बर्दिबास नगरपालिका- १ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । बुधबार साँझ लागुपदार्थ करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रुपैयाँसहित २७ वर्षीय निसाज सुनुवार पक्राउ परेका हुन् । इलाका प्रहरी […]
पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

समाजिक फीड,जनकपुरधाम , वैशाख ६ गते । पोखराको राष्ट्रबैंक चोकमा भएको दुर्घटनामा परी ८ चिनियाँ पर्यटक घाइते भएका छन् । विहिबार बिहान पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार ८ चिनियाँ पर्यटक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो […]
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

सामाजिक फीड, एजेन्सी । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले मृत्यु भएका ती व्यक्तिको नाममा ३ हजार डलर बराबर ऋण लिन चाहेको मिडिया रिपोर्टमा बताइएको छ । एरिका डिसुजा नुनेस नामकी महिलाले शवलाई अंकल भनेकी छन् । प्रहरीले एरिकालाई […]
ललाई फकाई नेपाल ल्याउन लागिएकी १३ वर्षीया भारतीय बालिकाको उद्धार

सामाजिक फीड, पर्सा, ६ वैशाख । १३ वर्षीया भारतीय बालिकालाई ललाई फकाई नेपाल ल्याउने क्रममा वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट भारतीय एसएसबीले उद्धार गरेको छ। घटनामा संलग्न तीन भारतीयलाई पनि पक्राउ गरिएको छ। एसएसबीको एन्टी ह्युमन ट्राफिकिंग युनिट (एएचटीयू)ले ती बालिकाको उद्धार गरेको हो । ती बालिकालाई प्रलोभनमा पारेर नेपाल ल्याउँदै गरेका भारतको बिहार राज्यको वैशालीका […]