Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, बैशाख ६ गते ।

सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि चुलिएपछि मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्।
माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री उनले नियुक्त गरेका छन्।

माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मुख्यमन्त्री यादवले मन्त्री नियुक्त गरेका हुन्।

साह महोत्तरी निर्वाचन क्षेत्र नं १ (२), भट्टराई रौतहट ४ (१) र लुङ्गेली सर्लाही निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित प्रदेश सभा सांसद हुन्।

साह यसअघि मन्त्री समेत भइसकेका छन् भने बाँकी दुबै जना पहिलो पटक मन्त्री बनेका हुन्।

यसअघि माओवादीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी सुनिता यादवलाई भने राजीनामा गर्न लगाइएको छ। यहीँ मन्त्रालयका राज्यमन्त्री रहबर अन्सारीलाई समेत पार्टीले फिर्ता बोलाएको छ।

गैरकानुनी रकमान्तर, मन्त्रालयमा अनियमितता लगायतका प्रकरणमा मुछिएपछि पार्टीले मन्त्री यादवलाई फिर्ता बोलाएको माओवादीका एक सांसदले बताए।

यादवले पाएकी उद्योग मन्त्रालय युवराज भट्टराईले पाउन लागेको ती सांसदले जानकारी दिए । यद्यपि अहिले तीनै जनालाई विनाविभागीय मन्त्री बनाएर पछि मन्त्रालयको जिम्मेवारी तोक्ने आफूले सुनेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानाले बताए। मधेस प्रदेशमा ११ वटा मन्त्रालय रहेका छन्।

त्यसमध्ये मुख्यमन्त्रीसहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रबाट अब २ २ जना मन्त्री भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *