मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सामाजिक फीड, काठमाडौँ, १६ फागुन । सुनसरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ सुनसरीको रामधुनी नगरपालिका-४ मानपुरमा प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक सोही नगरपालिका-९ का २४ वर्षीय करण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको […]
राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय

सामाजिक फीड, काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी निर्णय गरेको छ । बुधबार सम्पन्न भएको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो । फागुन अन्तिम साता हुने राष्ट्रियसभाको चुनाव हुन लागेको छ । बैठकमा बोल्ने अधिकतर स्थायी कमिटी सदस्यले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने धारणा राखेका थिए । […]
चार भोजपुरी कलाकारसहित ९ जनाको दुर्घटनामा मृत्यु

बिहार, १५ फागुन । भोजपुरी फिल्म उद्योगका चार चर्चित कलाकारको सडक दुर्घटनामा ज्यान गएको छ । भारतको बिहार राज्यस्थित कैमुरमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म जगतले चर्चित कलाकारहरू गुमाएको हो । मृत्यु हुनेमा भोजपुरीका चर्चित गायक तथा अभिनेता पुण्यश्लोक पाण्डेय ‘छोटु पाण्डेय’, मोडल तथा अभिनेत्री सिमरन श्रीवास्तव, आँचल तिवारी, गीतकार सत्य प्रकाश मिश्रा ‘बैरागी बाबा’ […]
पंकज उदासको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

सामाजिक फीड, भारत । भारतका प्रसिद्ध गजल गायक पंकज उदासको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मंगलबार उनको पार्थिव शरीरलाई मुम्बईको वर्लीस्थित हिन्दू शवदाह गृहमा अन्येष्टि गरिएको हो । उदासको पार्थिव शरीरमा भारतको झण्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । उनको सोमबार ७२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो । […]
बारा विष्फोटको घटनामा १५ किलो विष्फोटक पदार्थ प्रयोग भएको खुलासा, के थियो त्यो ?

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । तीनजनाको मृत्यु र तीन घाइते हुनेगरी बाराको निजगढमा सोमवार भएको विष्फोटमा प्रयोग भएको विष्फोटक पदार्थबारे प्रहरीले अनुसन्धान थालेको छ । सुरुमा प्रहरीले वर्कसपमा ग्यास सिलिन्डर विस्फोट भएको आशंका गरेपनि अनुसन्धान गर्दै जाँदा अर्को कुनै घातक विष्फोटक पदार्थ प्रयोग भएको निष्कर्षमा प्रहरी पुगेको हो । ‘हामीले पनि सुरुमा लेथ […]
मधेश प्रदेश : प्रहरीले एक कठ्ठा खेतको अफिम खेती नष्ट गर्यो

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । बारा प्रहरीले अफिम खेती फडानी गरी नष्ट गरेको छ । एक कठ्ठा जग्गामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श, बाराबाट खटिएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिकामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम […]
गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको प्रकरणमा अनुसन्धान जारी छ : अख्तियार प्रमुख राई

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । एमाले नेता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनको मागेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको प्रमुख आयुक्त प्रेमकुमार राईले बताएका छन् । उनले टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताए । मंगलबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ […]
माओवादीको सातवटै प्रदेशका इन्चार्ज हेरफेर, मधेसको जिम्मेवारी लीलामणिलाई

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । नेकपा माओवादी केन्द्रले लीलामणि पोखरेललाई मधेस प्रदेशको इन्चार्ज तोकेको छ । पार्टीले सबै प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गर्दै उनलाई मधेस प्रदेश इन्चार्ज तोकेको हो । त्यसैगरी कोशीमा हरिबोल गजुरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको हो […]
सिरहामा २१ वर्षीया युवतीलाई आशारामले बलात्कार गरेको आरोप

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । सिरहामा २१ वर्षीया युवती बलात्कृत भएकी छिन् । धनगढीमाई नगरपालिका–१० बस्ने ३७ वर्षीय अशाराम दासले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो। दासले ती युवतीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका–१० धनगढीस्थित आँपको बगैचामा लगेर बलात्कार […]
बाराको निजगढमा भएको शंकास्पद वस्तु विष्फोटमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुईजना पक्राउ

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । बारामा शंकास्पद वस्तु विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । निजगढ बजारमा सोमबार दिउँसो भएको शंकास्पद वस्तु विस्फोटमा उपचारको क्रममा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसप लेथमा ग्यास वेल्डिङ गर्नेक्रममा विष्फोट हुँदा मगरसहित तीजनाको मृत्यु भएको बाराका प्रहरी […]