आईपीएलबाट तीव्र गतिका बलर मयंक यादवको उदय

सामाजिक फीड, भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) ले हरेक वर्ष भारतमा नयाँ क्रिकेटरलाई अगाडि ल्याउने गर्दछ । अहिले १७ औँ सिजन जारी रहँदा आईपीएलबाट हार्दिक पाण्डेयदेखि पछिल्लो रिंकु सिंहसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा आएका छन् । यसैबीच शनिबार लखनउ सुपर जाइन्टबाट खेल्दै दिल्लीका युवा फास्ट बलर मयंक यादव आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चामा रहेका छन् । […]
शिक्षक तथा कर्मचारीले दलको सदस्यता लिए कारबाही हुने

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन र लिएमा कारबाही गर्ने चेतावनी दिएकी छन् । उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने […]
सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सामाजिक फीड, धनगढी, १९ चैत । सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए। उनका अनुसार प्रदेशभर आज बिदा रहने छ। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व […]
पहाडका केही भूभागमा आज पानी पर्ने

सामाजिक फीड, काठमाडौँ, १९ चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित […]
फ्रेन्डसिप कप: नेपालको विजयी सुरुवात, गुजरात ८ विकेटले पराजित

सामाजिक फीड, भारत । नेपालले फ्रेन्डसिप कपमा विजयी सुरुवात गरेको छ । कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो । गुजरातले दिएको ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि अनिल साहले ३२, कप्तान रोहित पौडेलले ३३ रन बनाएका थिए । […]
पोखराको भदौरेमा जिप दुर्घटना. नौ जना घाइते

सामाजिक फीड, पोखरा, १८ चैत । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग.१ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो। हालसम्म नौ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए। उनकाअनुसार […]
बजेटमा मधेशका लागि नयाँ र विशेष प्याकेज आउने प्रधानमन्त्रीको प्रतिबद्धता

सामाजिक फीड, काठमाडौँ, १८ चैत्र । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षमा मधेश प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न निर्देशन दिएको बताएका छन् । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा […]
जीतपुरसिमरा गोल्डकपको चैत्र २४ गतेबाट हुने

सामाजिक फीड, बारा, १८ चैत । जीतपुरसिमरा गोल्डकपको १४ औँ संस्करण आगामी चैत्र २४ देखि सुरु हुने भएको छ। आइतबार बाराको सिमरामा पत्रकार सम्मेलन आयोजना गरी आयोजक नवजनजागृती युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो। सिमरा रङ्गशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, […]
घुस रकमसहित वडाध्यक्ष पक्राउ

कपिलवस्तु, १८ चैत । कपिलवस्तुमा एक वडाध्यक्ष घुस रकमसहित पक्राउ परेका छन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित महाराजगन्ज नगरपालिका–२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको हो । घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा अख्तियार बुटवलले कार्यालयबाट नै उनलाई नियन्त्रणमा लिएको हो । अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव […]
सुनिल र विकललाई थप २१ दिन थुनामा राखिने

काठमाडौँ, १८ चैत्र । गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राखिने भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको […]