Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

पोखरा, १८ चैत । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग‍.१ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो।

हालसम्म नौ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए।

उनकाअनुसार केहीको अवस्था गम्भीर छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *