Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

भारत । नेपालले फ्रेन्डसिप कपमा विजयी सुरुवात गरेको छ । कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो । गुजरातले दिएको ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि अनिल साहले ३२, कप्तान रोहित पौडेलले ३३ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात १८.२ ओभरमा अल आउट हुदै ९८ रन बनाएको थियो । गुजरातका लागि रुद्र पटेलले सर्बाधिक २३ रन बनाए भने हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन बनाए ।

त्यसैगरी नेपाली बलर गुलशन झाले सर्वाधिक ४ विकेट लिए भने करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट लिएका थिए । अब नेपालले अर्को खेल अप्रिल २ मा बरोडासँग खेल्ने छ भने अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *