Samajik Feed – News Portal from Nepal

लागुऔषधसहित दुई जना पक्राउ

सामाजिक फीड, महोत्तरी, ६ वैशाख । महोत्तरीको बर्दिबास नगरपालिका- १ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । बुधबार साँझ लागुपदार्थ करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रुपैयाँसहित २७ वर्षीय निसाज सुनुवार पक्राउ परेका हुन् । इलाका प्रहरी […]

पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

समाजिक फीड,जनकपुरधाम , वैशाख ६ गते । पोखराको राष्ट्रबैंक चोकमा भएको दुर्घटनामा परी ८ चिनियाँ पर्यटक घाइते भएका छन् । विहिबार बिहान पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार ८ चिनियाँ पर्यटक घाइते भएको जिल्ला प्रहरी कार्यालय  कास्कीले जानकारी दिएको छ । रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो […]

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

सामाजिक फीड, एजेन्सी । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले मृत्यु भएका ती व्यक्तिको नाममा ३ हजार डलर बराबर ऋण लिन चाहेको मिडिया रिपोर्टमा बताइएको छ । एरिका डिसुजा नुनेस नामकी महिलाले शवलाई अंकल भनेकी छन् । प्रहरीले एरिकालाई […]

ललाई फकाई नेपाल ल्याउन लागिएकी १३ वर्षीया भारतीय बालिकाको उद्धार

सामाजिक फीड, पर्सा, ६ वैशाख । १३ वर्षीया भारतीय बालिकालाई ललाई फकाई नेपाल ल्याउने क्रममा वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट भारतीय एसएसबीले उद्धार गरेको छ। घटनामा संलग्न तीन भारतीयलाई पनि पक्राउ गरिएको छ। एसएसबीको एन्टी ह्युमन ट्राफिकिंग युनिट (एएचटीयू)ले ती बालिकाको उद्धार गरेको हो । ती बालिकालाई प्रलोभनमा पारेर नेपाल ल्याउँदै गरेका भारतको बिहार राज्यको वैशालीका […]

जलिरहेको अवस्थामा जनकपुरबाट एक महिलाको शव बरामद

सामाजिक फीडजनकपुरधाम, बैशाख ६ गते । जलिरहेको अवस्थामा जनकपुरबाट एक महिलाको शव बरामद भएको छ । बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको खेतमा महिलाको शव जलिरहेको स्थानीयले देखेका थिए । मृतक महिला महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया प्रियंका महतोको रहेको प्रहरीले जनाएको छ । […]

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

समाजिक फीड,जनकपुरधाम , वैशाख ६ गते । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ […]

भन्सार छलेर ल्याइएका एक ट्रक प्याज र ३२ थान मोबाइल धनुषाबाट बरामद

सामाजिक फीड जनकपुरधाम, बैशाख ६ गते । भारतबाट गैरकानुनी तरिकाबाट ल्याएको एक ट्रक प्याज र ३२ थान मोबाइल धनुषाबाट बरामद गरेको छ । शहिदनगर नगरपालिका २ तीनकोरिया वीरेन्द्रबजारबाट न. ८ ख ६३०० नम्बरको ट्रकसहित प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको […]

युक्रेनी प्रधानमन्त्रीको दाबी- युक्रेनले रुससँग हार्यो भने तेस्रो विश्वयुद्ध हुन्छ

समाजिक फीड,जनकपुरधाम , वैशाख ६ गते । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन् । डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन् । युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिबार मतदान हुँदैछ । उनले भने, ‘यदि हामी बचेनौं भने, युक्रेनले हार्नेछ […]

एसीसी प्रिमियर कप: नेपालको लगातार चौथो जित, साउदी बाहिरियो

सामाजिक फीड, काठमाडौँ, ५ वैशाख । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराति आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो । साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट […]

आईसीसीको टी- २० वरियतामा दीपेन्द्रको छलाङ

सामाजिक फीड, काठमाडौँ, ५ वैशाख । आईसीसीको टी- २० वरियतामा दीपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउण्डरमा ११ औँ स्थानमा उक्लिएका हुन् । यसअघि २५ औँ स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११ औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा […]