Samajik Feed – News Portal from Nepal

जानकी मन्दिर नजिक रहेको फोहर सफा गर्न गएका युवाहरुले जनप्रतिनिधि र मेयर बिरुद्ध बोलेकोमा प्रहरीद्वारा उनीहरुलाई नियन्त्रणमा लिईएको छ।

०२ कार्तिक, जनकपुरधाम। सामाजिक संजालमा जानकी मन्दिर नजिक रहेको पोखरी फोहर भएको एउटा दृश्य खुबै भाईरल भइरहेको छ। त्यो दृश्य हेरेर जनकपुरका केहि युवाहरु पोखरी सरसफाई गर्न गएका थिए। सरसफाईको क्रममा उनीहरुले जनप्रतिनिधिहरुको काम देखेर आफ्नो आक्रोश सहित बिरोध प्रदर्शन पनि गरेका थिए। बिरोध प्रदर्शन कै क्रम प्रहरीद्वारा हस्तक्षेप गरिएको थियो र उनिहरुलाई अहिले प्रहरीले […]

केदारनाथ तीर्थयात्री बोकेको हेलिकप्टर उत्तराखण्डमा दुर्घटना भएको छ।

१ कार्तिक, जनकपुरधाम। उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा मंगलबार बिहान केदारनाथ तीर्थयात्री बोकेको हेलिकप्टर पहाडसँग ठोक्किएर दुर्घटना हुँदा पाइलटसहित सात जनाको मृत्यु भएको छ । प्रारम्भिक रिपोर्टका अनुसार दिल्लीस्थित आर्यन एभिएसन प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको हेलिकप्टर केदारनाथबाट फर्कदै गर्दा उडेको केही मिनेटपछि गरुड छट्टी नजिकै दुर्घटना भएको थियो ।घटनास्थलमा स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) र जिल्ला प्रहरीको […]

विद्यालयमा सेनेटरी प्याड पठाउने काठमाडौँ महानगरको निर्णय

१ कार्तिक, जनकपुरधाम। विद्यालयमा सेनेटरी प्याड पठाउने प्रस्तावलाई शिक्षा विभागमार्फत द्रुत र छोटो प्रक्रियामा कार्यपालिकामा लैजाने निर्णय भएको छ । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।कक्षा ४ र ५ मा पढ्ने छात्राको पनि महिनावारी सुरु हुने गरेकोले महानगरले कक्षा ४ लाई आधार मानेको छ । samajik_feedsamajikfeed.com

अगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनद्वारा खर्चको विवरण तोकिएको छ।

१ कार्तिक, जनकपुरधाम। अगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनद्वारा खर्चको विवरण तोकिएको छ। विभिन्न ३ पक्षलाई आधार मानेर निर्वाचन आयोगले हरेक क्षेत्रमा अलग-अलग खर्चको सीमा निर्धारण गरेको छ। जसमा मधेश प्रदेशको धनुषा जिल्लाको ४ वटै क्षेत्रमा २९ लाख नेपाली रुपैयाँ तोकेको छ। samajik_feedsamajikfeed.com

सिरहामा चक्क जाम दर्जनौं, आशुग्यास प्रहार

१ कार्तिक, जनकपुरधाम। मिर्चैयाँ नगरपालिका वडा नम्बर १ की ६२ गुबदि देवी साह हलुवाईको हत्या भएको थियो। हत्याको आरोपमा प्रहरीले उनकै बुहारी जिब्छी देवी साहलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा निर्घात कुटपिट गरेको आरोप लागाउदै उनको गाउँका मान्छेहरुलाई बिरोध प्रदर्शन गरेका हुन्। उनिहरुले बिरोध प्रदर्शनका लागि पुर्व पश्चिम राजमार्ग नै अवरोध गरे पछि प्रहरीद्वारा हस्तछेप […]

पर्सा जिल्ला प्रशासन कार्यालयमा घुस लिने एक कर्मचारी पक्राउ

१ कार्तिक जनकपुरधाम। पर्सा जिल्ला प्रशासन कार्यालयको कम्प्युटर अपरेटर संजय कुमार यादवले सेवाग्राही संग घुस लिएको खबर आएको थियो। खबर अख्तियार दुर्पियोग कार्यलग हेटौडा सम्म पुगे पछि संजय कुमार यादवलाई निलम्बित गरिएको छ। उनले सेवाग्राहीहरु संग ५ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ। अख्तियारले टोलिले जिल्ला प्रशासन कार्यालय पर्सामा गएर संजयलाई घुस सहित पक्राउ […]

सल्यानमा अरिङालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ।

सल्यानमा अरिंगलको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र ४ वर्षीया छोरी प्रति बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ । सोमबार साँझ धान काटेर घर […]

२०७९ मा गरिबी रेखा २१०० सम्ममा नियन्त्रण गर्ने प्रधानमन्त्रि देउवाको दाबि

१ कार्तिक, जनकपुरधाम। नेपाली काँग्रेसका सभापति तथा नेपालका प्रधानमन्त्रि शेर बहादुर देउवाले २०७९ मा गरिबी रेखा २१०० सम्म र जनसंख्या ५ प्रतिशत सम्म तल झर्ने दाबी छन्।३० औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले गरिबी निवारण र बढ्दो जनसंख्या नियन्त्रण सुन्यमा झार्न आफ्नो प्रतिबद्धता जनाउनु भयो। गरिबी र बढ्दो जनसंख्याका निवारणलाई एकदमै […]

निजामती सेवा परीक्षा: सुरक्षा निकायको विज्ञापनमा धेरै नक्कली उम्मेदवारहरू

१ कार्तिक, जनकपुरधाम। लोकसेवा आयोगको परीक्षामा ठगी गर्ने अधिकांश सुरक्षा निकायको विज्ञापनका उम्मेदवार रहेको पाइएको छ । नेपाल प्रहरीको परीक्षामा पनि सुरक्षा निकायको सबैभन्दा बढी अनियमितता हुने गरेको छ ।आयोगका अनुसार अनियमितताको प्रकार हेर्दा ८६.४८ प्रतिशत नक्कली परीक्षार्थी रहेका छन् ।आर्थिक वर्ष २०२१/२२ मा आयोगले सञ्चालन गरेको परीक्षामा अनियमितता गरेको आरोपमा ७ महिला र ५३ […]

१६ कार्तिक पछी प्रचार नगर्न आयोगको चेतावनी

१ कार्तिक, जनकपुरधाम। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मङ्सिर ३ गते वा मङ्सिर २० गते हुने निर्वाचनको १७ दिन अगाडि प्रचार गरेमा राजनीतिक दल र उम्मेदवारलाई आफ्नो उम्मेदवारी खारेज हुन सक्ने चेतावनी दिँदै उहाँले निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभयो । ‘निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोगले लापरवाही नगर्ने’ उनले भने ।“पार्टी र उम्मेदवारहरूले नोभेम्बर […]