Samajik Feed – News Portal from Nepal

महोत्तरीका क्षयरोगीहरूलाई पोषण सामग्री वितरण

सामाजिक फीड, महोत्तरी, २ जेठ । महोत्तरीका क्षयरोगीहरूलाई पोषण सामग्री वितरण गरिएको छ । विराट नेपाल मेडिकल ट्रष्ट बीएनएमटीले साबित्री बस्न्यात फन्ड फोर टीबीको आर्थिक सहयोगमा नउरिस टीबी प्रोजेक्टअन्तर्गत बुधबार औरही नगरपालिका १० जना र रामगोपालपुर नगरपालिकाका १० जना क्षयरोगीहरूलाई षोषण सामग्री वितरण गरेको हो । माघ महिनापछि क्षयरोगी पुष्टि भएका र यी पालिकाअन्तर्गतका स्वास्थ्य […]

नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछः अर्थमन्त्री पुन

सामाजिक फीड जनकपुर, २ जेठ २०८१, बुधवार अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिवद्धता जनाउनुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास […]

दीपेन्द्र आईसीसीको टी-२० वरियताको १० ‌औँ स्थानमा उक्लिए

सामाजिक फीड, काठमाडौँ, २ जेठ । नेपाली राष्ट्रिय टोलीका क्रिकेटर दीपेन्द्र सिंह ऐरी आईसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् । आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १० औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आईसीसीको वरियतामा शीर्ष १० मा पर्ने पहिलो खेलाडीसमेत बनेका छन् । टी-२० को अलराउण्डर वरियताको शीर्ष […]

सन्दीपको मुद्दाको सुनुवाइ सकियो- बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

समाजिक फीड,जनकपुरधाम , जेठ २ गते । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै […]

अपाङ्गता भएकाहरूको आन्दोलनमा प्रहरी हस्तक्षेप, कांग्रेसको आपत्ति

सामाजिक फीड, काठमाडौँ, २ जेठ । काठमाडौँको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरूको आन्दोलनमा धरपकड भएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७ को नियम ९ सँग सम्बन्धित सामुदायिक सहायता सेवामा उल्लेख भएको व्यक्तिगत सहयोगीको माग गर्दै विगत दुई हप्तादेखि निरन्तर आन्दोलनमा भइरहेको छ । […]

एमालेको बारेमा बोल्दा विचार पुर्याउनु : कांग्रेसलाई ओलीको चेतावनी

समाजिक फीड,जनकपुरधाम , जेठ २ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन् । उनले भने,‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, […]

बबईमा डुबेर दाजुभाइको मृत्यु

सामाजिक फीड, तुलसीपुर । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए । दीपकको […]

जसपा नेपालका अध्यक्ष यादवको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ, २ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । अध्यक्ष उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासा पेशी तोकिएको छ । निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् । जसपा […]

अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

समाजिक फीड,जनकपुरधाम , जेठ २ गते । सुनसरी जिल्लाको कोशी गाउँपालिका- ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सांझ अबैध रुपमा ल्याइएको  मकै, गहुँ र चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुरले बीआर ५० जी ९०५७ नम्बरको ट्रकलाई चेकजांच गर्ने क्रममा  १८ वटा बोरामा रहेको ९ सय ९० के.जी. […]

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- ‘नसिरुद्दीन शाह’

समाजिक फीड,जनकपुरधाम , जेठ २ गते । बलिउड अभिनेता नसिरुद्दीन शाह भारतीय सिनेमामा एक महान अभिनेता हुन् । विगत चार दशकमा उनले चलचित्र, थिएटर र टेलिभिजनमा आफ्नो प्रतिष्ठित प्रदर्शनको साथ छाप छोडेका छन् । नसिरुद्दीन शाह आफ्नो उत्कृष्ट अभिनयका साथै आफ्नो बोल्ने शैलीका लागि परिचित छन् । उनको भनाइलाई लिएर पटकपटक विवाद हुने गरेको छ […]