सामाजिक फीड,
काठमाडौँ, २ जेठ । नेपाली राष्ट्रिय टोलीका क्रिकेटर दीपेन्द्र सिंह ऐरी आईसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।
आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १० औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आईसीसीको वरियतामा शीर्ष १० मा पर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
टी-२० को अलराउण्डर वरियताको शीर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । त्यस्तै अफगानिस्तानका मोह्माब नाबी तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन् ।
त्यसैगरी दक्षिण अफ्रीकाका एडन मार्क्रम पाँचौँ, अस्ट्रेलियाका मार्क्स स्टोइनिस छैटौँ, भारतका हार्दिक पाण्डेय सातौँ, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अली नवौँ स्थानमा रहेका छन् ।