मिथिलाञ्चलमा जानकी नवमी मनाइँदैछ

सामाजिक फीड, जनकपुरधाम, ४ जेठ । मिथिलाञ्चलमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ। सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । सीता, वैदेही, जनकनन्दिनी, मिथिला, […]
स्कूल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सामाजिक फीड, ४ जेठ, जनकपुरधाम । धनुषाकाे विदेहमा स्कूल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान विदेह नगरपालिका–७ को तिनकोरियाबाट औरहीतर्फ आउँदै गरेको प्रदेश–२ ००२ ००४ प ३७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना. ४ ख ५७० नम्बरको स्कूल बस ठोक्किएका थिए । मोटरसाइकल चालक विदेह नगरपालिका–७ का […]
आईपीएल: आज मुम्बई र लखनउ भिड्ने

सामाजिक फीड, भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदैछ । आईपीएलमा मुम्बई इण्डियन्स प्लेअफको दौडबाट बाहिरिइसकेको छ । मुम्बईको १३ खेलमा ८ अंक रहेको छ […]
शौर्य सिमेन्टका मजदुरहरूद्वारा दोश्रो दिन पनि प्रदर्शन

सामाजिक फीड, सिरहा, ३ जेठ । शौर्य सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरूले आन्दोलन जारी राखेका छन् । सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगका मजदुरहरूले विभिन्न माग राखी बिहीबार दोश्रो दिन पनि प्रदर्शन गरेका छन् । उनीहरूले मजदुरको हकहितका लागि विगतमा भएको सम्भौता कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरूले सुरक्षाको व्यवस्था हुनुपर्ने, स्थानीयवासीलाई उद्योगमा जागिरको व्यवस्था हुनुपर्ने, […]
राष्ट्रिय सभामा कांग्रेसको अवरोध जारी, बैठक पुनः स्थगित

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए। कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन […]
जनकपुर-जयनगर रेल सेवा फेरि तीन दिनका लागि बन्द हुँदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ३ गते । जनकपुर-जयनगर रेलसेवा फेरि तीन दिनका लागि बन्द हुने भएको छ । भारतमा भइरहेको चुनावका लागि ३ दिन रेल सेवा बन्द हुन लागेको हो । भारतको बिहार राज्य जिल्ला मधुवनीको संसदीय क्षेत्रमा आगामी सोमबार मतदान हुँदै छ । उक्त निर्वाचनलाई मध्यनजर गरी शनिबारदेखि रेल बन्द हुन लागेको नेपाल रेल्वे कम्पनी […]
आज जनकपुरधाम सहित देशभर सिता ज्यन्ती मनाइँदै

सामाजिक फीड जनकपुरधाम, जेष्ठ ३ गते । जनकपुरधाम सहित देशभर आज वैशाख शुक्ल नवमी अर्थात् सिता ज्यन्ती मनाइँदै छ । रामजानकी मन्दिरहरुमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । वाल्मीकि रामायण र पुराणहरूमा त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति […]
८ करोडको लागुऔषध सहित तीनजना महिला पक्राउ, एक महिलाको पेटबाट निस्कियो साबा किलो कोकिन

सामाजिक फीडजनकपुरधाम , जेष्ठ ३ गते । काठमाडौँको विभिन्न स्थानबाट ठूलो परिणाममा लागुऔषध सहित प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ । ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले नियन्त्रणमा लिएको […]
सुनको मुल्यमा पुनः नयाँ रेकर्ड, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भैइरहेको छ । यसअघि बुधबार सुन […]
राष्ट्रिय सभाको बैठक साढे ४ बजेका लागि बोलाइयो

सामाजिक फीड जनकपुरधाम, जेष्ठ ३ गते । राष्ट्रिय सभाको बैठक अपराह्न ४ः३० बजे बस्ने भएको छ। यसअघि अपराह्न १ः१५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो। बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम […]