सामाजिक फीड
जनकपुरधाम , जेष्ठ ३ गते ।
काठमाडौँको विभिन्न स्थानबाट ठूलो परिणाममा लागुऔषध सहित प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ ।
७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
माडौं आएकी युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट पक्राउ परेकी थिइन् । उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार पद्दतीबाट निकालिएको प्रहरीले जनाएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम थियो ।
भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल जेठ २ गते धोबिचौरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनी १ किलो ३९४ ग्राम कोकिन किन्नको लागि धोबिचौर पुगेकी थिइन् ।
त्यस्तै युगाडाकै लिलियान सुसन वानयाङजी जेठ २ मा धोबीचौरबाट पक्राउ परेकी थिइन् । उनको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ ।