Samajik Feed – News Portal from Nepal

शिक्षकहरु तलब नपाएको भन्दै आन्दोलनमा, क्षीरेश्वरनाथ र लक्ष्मीनियामा प्रशासन ठप्प

सामाजिक फीड-१८ गते जनकपुरधाम धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका शिक्षकहरु महिनौदेखिको तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाको नगरसभा हुन नसक्दा कर्मचारी, शिक्षक, र स्वास्थ्यकर्मीले तलब पाउन नसकेको बताइएको छ। तलब नपाएपछि शिक्षकहरुले नगरपालिकाको कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। पाँच महिनाको तलब बक्यौताशिक्षक जितेन्द्र यादवका अनुसार, साउन महिनादेखि करिब पाँच महिनासम्मको तलब नपाएको कारण उनीहरु […]

नेपाल-चीनबीच ९ समझदारी पत्रमा हस्ताक्षर

सामाजिक फीड-१८ गते जनकपुरधाम नेपाल र चीनबीच मंगलबार ९ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा परराष्ट्र सचिव अमृत र चीनका विदेश मन्त्रालयका प्रतिनिधिहरूले ती समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालका अनुसार दुई प्रधानमन्त्रीहरूबीच सौहार्दपूर्ण छलफलपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रहरूमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी […]

सीताराम विवाहपञ्चमी र बाराको गढी माई मेलाका लागि विशेष सुरक्षा बैठक सम्पन्न

सामाजिक फीड-१८ गते जनकपुरधाम मधेश प्रदेश सरकारले सीताराम विवाहपञ्चमी महोत्सव र बाराको गढी माई मेलालाई केन्द्रमा राखी प्रदेशस्तरीय विशेष सुरक्षा बैठक सम्पन्न गरेको छ। सोमबार जनकपुरधाममा आयोजित बैठकमा विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि विभिन्न विषयमा छलफल भएको छ। पाँच वर्षको अन्तरालमा बाराको गढी माईमा ठूलो धार्मिक मेला लाग्ने भएकाले यसपटक थप […]

सिरहामा मदिरा तस्करद्वारा सशस्त्र प्रहरी निरीक्षकको हत्या, दुई पक्राउ

सामाजिक फीड-१८ गते जनकपुरधाम सिरहामा मदिरा तस्करद्वारा गाडीले ठक्कर दिई हत्या गरिएका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान सिरहा प्रहरीको नियन्त्रणमा परेका दुई व्यक्तिमाथि आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार घटनामा संलग्न गाडी र व्यक्तिहरूको पहिचान गर्ने काम […]

लक्जरी गाडीको दुनियाँमा ह्वावेको इन्ट्री, रोल्स रोयससँग प्रतिस्पर्धा गर्दै मइस्ट्रो एस ८०० ईभी

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । चिनियाँ प्रविधि कम्पनी ह्वावेले मङ्गलबार गुआङडोङ प्रान्तको सेन्जेन सहरमा आफ्नो पहिलो लक्जरी विद्युतीय गाडी मइस्ट्रो एस ८०० ईभी सार्वजनिक गरेको छ। यो गाडीलाई लक्जरी ब्रान्ड रोल्स रोयस र मर्सिडिज मेब्याचसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमताको रूपमा हेरिएको छ। ह्वावेले स्थानीय अटो निर्माता जेएसीसँग सहकार्य गरी मइस्ट्रो ब्रान्ड अन्तर्गत यो चौथो गाडी […]

ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । काठमाडौँ: विसं २०७२ को विनाशकारी भूकम्पपछि पुनःनिर्माण सम्पन्न ऐतिहासिक धरहराबाट पहिलो सातामै रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ। यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट मङ्सिर १६ गतेसम्म उल्लेख्य संख्यामा नागरिकको उपस्थिति रह्यो। दैनिक १,२०० भन्दा बढी अवलोकनकर्ताकामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार, […]

अनिल साह बने एनपीएलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । जनकपुर बोल्ट्सका कप्तान अनिल साहले जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान कायम गरेका छन्। कर्णाली याक्स विरुद्धको खेलमा अनिलले ३५ बलमा ५२ रन बनाएर अर्धशतक पूरा गरेका हुन्। साहको यो प्रदर्शनले जनकपुर बोल्ट्सलाई महत्वपूर्ण योगदान पुर्‍याएको छ। उनको आक्रामक इनिङ्समा उत्कृष्ट शट्स देखिनुका साथै, […]

मनिषा कोइरालाले फिल्मफेयर ओटीटी अवार्ड जितिन्, ‘हीरामण्डी’बाट पुनरुत्थानको प्रमाणीकरण

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । मनिषा कोइरालाले सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज हीरामण्डी बाट उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर ओटीटी अवार्ड जितेकी छन्। यो जितपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गरेकी छिन्। उनले लेखेकी छिन्, “नायिकाको रूपमा मेरो पुनरुत्थान नै हीरामण्डी हो भन्ने कुरा यो अवार्डले प्रमाणित गर्छ। मैले मेरो प्रदर्शन, मेरो लुक, मेरो उर्दू उच्चारण […]

गृहमन्त्रालयले गर्‍यो भीभीआईपी सुरक्षा व्यवस्थापनको सुधार

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको संख्या घटेको छ । मन्त्रिपरिषद्‍बाट पहिलो संशोधन भएको उक्त कार्यविधि प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा कार्यान्वयनमा आएको गृह मन्त्रालयले स्पष्ट गरेको छ । कार्यविधि संशोधनसँगै राष्ट्रपति, […]

सन् २०२४ मा ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

सामाजिक फीड-१६ गते जनकपुरधाम नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग हुँदै १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०२३ को तुलनामा झन्डै १० प्रतिशतले वृद्धि भए पनि सन् २०१९ को महामारीपूर्वको स्तरमा भने पुग्न सकेको छैन। लक्ष्य प्राप्तिमा चुनौती सन् २०२४ मा १३ […]