सामाजिक फीड-
जनकपुरधाम, मंसिर १७ गते ।
जनकपुर बोल्ट्सका कप्तान अनिल साहले जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान कायम गरेका छन्।
कर्णाली याक्स विरुद्धको खेलमा अनिलले ३५ बलमा ५२ रन बनाएर अर्धशतक पूरा गरेका हुन्। साहको यो प्रदर्शनले जनकपुर बोल्ट्सलाई महत्वपूर्ण योगदान पुर्याएको छ।
उनको आक्रामक इनिङ्समा उत्कृष्ट शट्स देखिनुका साथै, एनपीएलमा नेपाली खेलाडीहरूको क्षमतालाई पुनः प्रमाणित गरेको छ।