Skip to main content

काठमाडौं, १ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट परेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाललगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् । निवेदक अधिवक्ता नेपालका अनुसार आउँदो मंसिर ४ गते पहिलो पेशीसमेत अदालतले तोकेको छ । कानुन व्यवसायीहरूले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरू पेश गरेका हुन् ।

टिकटकमाथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानुनी आधार नटेकेको भन्दै उनीहरूले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् । कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्ले सामाजिक सद्भभाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *