सामाजिक फीड-
धनुषा, कार्तिक २८ ।
धनुषाको वैदेहीमा रेलले किचिएर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मंगलबार बिहान रेलले किचिएर भारत बिहारको मधुवनी जिल्लाको जयनगर बेल्हीका ६० वर्षीय विन्देश्वर दासको मृत्यु भएको हो ।
बिहान जयनगरतर्फ जाँदै गरेको रेलले धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशननजिक किचिएर दासको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शव दुई टुक्रा भएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । गत वर्ष पुषमा पनि वैदेही स्टेशनमा नै रेलले किच्दा एक जनाको मृत्यु भएको थियो ।