धनुषा, २८ कार्तिक ।
धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । गएराति धनुषाधाम नगरपालिका–९ मालटोलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ–२ का अन्दाजी १८ वर्षीय टेमा मोक्तानको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको थियो । ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको भारतीय बीआर ०६ बीबी ८१४७ नम्बरको ट्रकले ज.११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइएको छ भने चालक फरार छन् ।