Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-

जनकपुरधाम, कार्तिक २५ गते ।

जनकपुरधाम स्थित प्रतिष्ठित डिजिटल एजेन्सी इन्टरनेट मार्केट टुडे (IMT) ले १० औं वार्षिकोत्सब मनाएको छ । एक दशक सफलतासाथ  पूरा गरेको IMT ले आफ्नो कार्यालयमा  शुक्रबार  वार्षिकोत्सव मनाएको हो ।

फाउण्डर अमित झासहित संस्थामा कार्यरत कर्मचारी एवं शुभचिन्तकहरु जनकपुरको शिवचोक स्थित रहेको कार्यालयमा केक काटेर खुसी साट्दै वार्षिकोत्सब मनाएका हुन् ।

इन्टरनेट मार्केट टुडेले विश्वव्यापी रूपमा ग्राहकहरूलाई गुगल विज्ञापन व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ ।

विश्वव्यापी रूपमा ग्राहकहरूलाई परिणाममा आधारित डिजिटल मार्केटिङ सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ इन्टरनेट मार्केट टुडे सन् २०१३ मा सुरु भएको थियो ।

छोटो अवधिमा नै इन्टरनेट मार्केट टुडे प्रतिष्ठित गुगल प्रमियर पार्टनर र प्रिमियर पार्टनर बन्न सफल भइसकेका छन् ।

इन्टरनेट मार्केट टुडेले गुगल प्रिमियर पार्टनर को उपाधिसमेत हात पारिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!