चाँदनी झा-
जनकपुरधाम, कार्तिक २३ गते ।
जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धी स्थित निर्माणाधीन चारलेन सडक निर्माणको क्रममा उडेको धुलोले स्थानीय पीडित भएका छन् । बुधबार बिहानदेखि दिउँसो ३ बजेसम्म बाटो ठेकेदारको अनुमतीमा धुलाम्य बाटोको काम भइरहेको छ।
धुलोले श्वासप्रश्वास आृन थालेपछि स्थानीयहरु विरोधमा उत्रेका छन् । ठेकेदारले वातावरणीय प्रभावलाई ध्यान नदिँदा स्वास्थ्यमा समस्या परेपछि बुधबारब स्थानीयहरु सडकमा उत्रेका थिए ।
यसअघि बाटोको निर्माणगर्दा सम्म (बराबर) नभएपछि मिलाउनको लागि सबै बाटो एकैपटक निर्माण गर्न लागिएको कार्यरत एक कर्मचारीले बताए।