Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १४ गते ।

धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन टोलमा मंगलबारदेखि महावीर झण्डा मेला प्रारम्भ भएको छ । मंगलबार बिहान कलससहितको शोभा यात्रा गर्दै श्री श्री १०८ श्री महावीर झण्डा ठड्याइएको मेला अध्यक्ष रामनाथ महतोले जानकारी दिए ।

झण्डा ठड्याएसंगै चारदीवसीय मेलाको विधिवत सुरु भएको हो । उनका अनुसार मेलामा मंगलवारदेखि नाचगानसहितका सांस्कृतिक कार्यक्रमसहितको खेलतामासा रहेको छ । मेला

कलश तथा शोभा यात्रा तथा झण्डा ठड्याउने कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री सत्रुधन महतो, बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतो, उपाध्यक्ष फुलकुमारी सिंह, वडा नम्बर १ का वडाध्यक्ष अशोक महतो, वडा नं. २ का वडाध्यक्ष विजयकुमार महतो, एकीकृत समाजवादी पार्टीकी नेतृ ववी महतो लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, वुद्धिजिवी युवा, महिला लगायत एक हजारौंको सहभागिता रहेको थियो ।


स्थानीय रामबहादुर महतोको पहलमा लगाएको झण्डा मेलामा गाउँसमाजले चन्दा संकलन गरी लगाएको छ । जसमा वडाध्यक्ष विजयकुमार महतोको विशेष सहयोग रहेको छ भने मेला व्यवस्थापनका लागि गाउँसमाजका तर्फबाट रामनाथ महतो अध्यक्ष रहने गरी समिति बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!