Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ गते ।

नेपालको चारदिने औपचारिक भ्रमणका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस गए राति काठमाडौं आइपुगेका छन् ।
आज उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्।

राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार आजै महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन्। ती भेटवार्ता संघीय संसद् भवन नयाँबानेश्वरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!