Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ११ गते ।

धनुषाको ढल्केवरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् । मृत्यु हुनेमा मिथिला नगरपालिका–१ लक्ष्मीनिवास बस्ने २८ वर्षीय राकेश राउत छन् ।

शनिबार दिउँसो धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा बा.७९ प ४७५५ नम्बरको मोटरसाइकल र ज.२ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका ज.२ प ८३०१ नम्बरको मोटरसाइकल चालक राउतको जनकपुरको काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको स्थानीय भोगेन्द्र मेडिकल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!